बिएल संवाददाता
पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले आफू एमालेमै रहेको बताएकी छन्।
बिहिबार बानेश्वरस्थित थापागाउँमा सम्पर्क कार्यालयको औपचारिक उद्घाटनमा बाेल्दै उनले आफू एमालेकै सदस्य रहेको र एमालेमै रहेको बताएकी हुन्।
‘मलाई पार्टीले जिम्मेवारी दियाेस् नदियाेस् म एमालेकाे सदस्य हुँ। एमालेकाे सिद्धान्तअनुसार काम गर्छु। यदि यसकाे विपरीत काेही गएछ भने त्यसकाे खिलाफ रहनेछु,’ उनले भनिन्।
‘एमालेकाे सिद्धान्त मलाई थाह छ, साेहीअनुसार काम गर्छु गरिरहेकाे छु। यदी काेही सिद्धान्त बाहिर जान्छ भने म त्यसकाे विराेध गर्छु,’ उनले थपिन्।
उनले आफूलाई आलोचना गर्न पाइने भएपनि तथ्य अनुसार हुनुपर्ने बताइन्।
उनले भनिन्, ‘च्यासलले मैले लिएकाे सदस्यतामाथि प्रश्न उठायाे। मलाई आलाेचना गर्न सकिन्छ तर तथ्य अनुसार हुनुपर्छ।’
निकास के त? व्यवस्था परिवर्तन कि पूर्ण पुनर्संरचना?
नागरिकता कानुन संशोधनको आवश्यकता
यूएनमा प्रधानमन्त्री बालेनको १४ मिनेटः विश्वको ध्यान तान्यो, नेपालीको मन
‘संविधानको आत्मा, अभ्यास र नागरिक अपनत्व’
प्रधानमन्त्री ‘बालेन हुन् कि रवि’ भन्नेमा कन्फूजन देखियोः सांसद विश्वकर्मा
‘मनको घाउ नदेखिए पनि पीडा गहिरो हुन्छ’
कांग्रेसभित्र सहमतिको अन्तिम अस्त्र ‘डा. शेखर’
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया