बिएल संवाददाता
नेकपा एमालेका सचिव योगेश भट्टराईले उपसभामुख इन्दिरा रानामगरको तत्कालीन ‘पीए नेपाल’ नामक संस्थामार्फत बालबालिकाको अवैध ओसारपसारको गम्भीर आरोप लगाएका छन्।
बुधबारको प्रतिनिधि सभा बैठकमा बोल्दै सांसद भट्टराईले सिफलस्थित बाल सङ्गठनको बालगृहबाट ५ जना बच्चा हराएको विषयलाई कुनैबेला हालकी उपसभामुख रानाले नेतृत्व गर्ने संस्थालाई जोडेका हुन्।
योगेशले भनेका छन्-
२०७२ साल कार्तिक १७ गते बालसंगठनको सिफल बालगृहबाट पाँचजना बच्चाहरू हराउँछन्। ती बच्चाहरूको खोजी हुँदा २०७२ साल माघ १८ गते सो कार्यालयका एक कर्मचारीले केन्द्रीय बाल कल्याण परिषद्मा गएर एउटा बयान दिन्छन्। ती बालबालिकाहरू पिए नेपाल भन्ने संस्थाका मानिसहरूले जबर्जस्ती लिएर गएका छन्। त्यसको कार्यकारी प्रमुख हुनुहुन्थ्यो अहिलेको हाम्रो उपसभामुखज्यू।
त्यस सम्बन्धमा २०७६ साल कार्तिक १४ गते तत्कालिन सरकारले बनाएको पाटन उच्च अदालतका पूर्व न्यायाधीश हरिबाबु भट्टराईको अध्यक्षतामा पाँच सदस्यीय जाँचबुझ आयोगले व्यापक अध्ययन गरेर प्रतिवेदन दिएको छ।
त्यो प्रतिवेदन हालसम्म पनि सार्वजनिक भएको छैन। म सभामुखमार्फत सरकारसँग उक्त प्रतिवेदन सार्वजनिक गर्न माग गर्छु। त्यो प्रतिवेदनमा पनि पीए नेपाल संलग्न रहेको र संगठित अपराधमा अनुसन्धान गरी कारबाही गर्नुपर्छ भनेर सिफारिस गरेको भन्ने सञ्चारमाध्यममा गाइँगुइ सुनिएको थियो।
निकास के त? व्यवस्था परिवर्तन कि पूर्ण पुनर्संरचना?
नागरिकता कानुन संशोधनको आवश्यकता
यूएनमा प्रधानमन्त्री बालेनको १४ मिनेटः विश्वको ध्यान तान्यो, नेपालीको मन
‘संविधानको आत्मा, अभ्यास र नागरिक अपनत्व’
प्रधानमन्त्री ‘बालेन हुन् कि रवि’ भन्नेमा कन्फूजन देखियोः सांसद विश्वकर्मा
‘मनको घाउ नदेखिए पनि पीडा गहिरो हुन्छ’
कांग्रेसभित्र सहमतिको अन्तिम अस्त्र ‘डा. शेखर’
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया