बिएल संवाददाता
नेकपा एमालेका सचिव योगेश भट्टराईले उपसभामुख इन्दिरा रानामगरको तत्कालीन ‘पीए नेपाल’ नामक संस्थामार्फत बालबालिकाको अवैध ओसारपसारको गम्भीर आरोप लगाएका छन्।
बुधबारको प्रतिनिधि सभा बैठकमा बोल्दै सांसद भट्टराईले सिफलस्थित बाल सङ्गठनको बालगृहबाट ५ जना बच्चा हराएको विषयलाई कुनैबेला हालकी उपसभामुख रानाले नेतृत्व गर्ने संस्थालाई जोडेका हुन्।
योगेशले भनेका छन्-
२०७२ साल कार्तिक १७ गते बालसंगठनको सिफल बालगृहबाट पाँचजना बच्चाहरू हराउँछन्। ती बच्चाहरूको खोजी हुँदा २०७२ साल माघ १८ गते सो कार्यालयका एक कर्मचारीले केन्द्रीय बाल कल्याण परिषद्मा गएर एउटा बयान दिन्छन्। ती बालबालिकाहरू पिए नेपाल भन्ने संस्थाका मानिसहरूले जबर्जस्ती लिएर गएका छन्। त्यसको कार्यकारी प्रमुख हुनुहुन्थ्यो अहिलेको हाम्रो उपसभामुखज्यू।
त्यस सम्बन्धमा २०७६ साल कार्तिक १४ गते तत्कालिन सरकारले बनाएको पाटन उच्च अदालतका पूर्व न्यायाधीश हरिबाबु भट्टराईको अध्यक्षतामा पाँच सदस्यीय जाँचबुझ आयोगले व्यापक अध्ययन गरेर प्रतिवेदन दिएको छ।
त्यो प्रतिवेदन हालसम्म पनि सार्वजनिक भएको छैन। म सभामुखमार्फत सरकारसँग उक्त प्रतिवेदन सार्वजनिक गर्न माग गर्छु। त्यो प्रतिवेदनमा पनि पीए नेपाल संलग्न रहेको र संगठित अपराधमा अनुसन्धान गरी कारबाही गर्नुपर्छ भनेर सिफारिस गरेको भन्ने सञ्चारमाध्यममा गाइँगुइ सुनिएको थियो।
अमेरिकी भिसा लिन २१ लाख ६० हजार रुपैयाँसम्म धरौटी !
गगन–विश्वप्रकाश, लोकतन्त्रको हत्याको कारक नबन्नु
अमेरिकाबाट निस्कासित नेपालीको नयाँ कीर्तिमान
पुराना पार्टीलाई कमजोर र नयाँलाई पानीको फोका सम्झनु राम्रो होइन्ः ईश्वर पोखरेल (अन्तर्वार्ता)
ओली ९, रवि २१ : रविले धेरै पछाडि छोडे ओलीलाई
‘टेरामक्स’ प्रकरणका अभियुक्तहरूलाई उम्काउने चलखेल सुरु
मनको कुरा गरौं
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया