बिएल संवाददाता
शिक्षामन्त्री रघुजी पन्तले विद्यालय शिक्षा विधेयकले शिक्षकहरूको ९५ प्रतिशत माग पूरा गरेको दाबी गरेका छन्।
बिहीबार बसेको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको बैठकमा बोल्दै उनले विद्यालय शिक्षा विधेयकमा सबै पक्षबाट सकारात्मक प्रतिक्रिया पाएको बताए।
उनले भने, ‘विधेयक हामीले चाहेजस्तो भएन भनेर असन्तुष्टि राख्ने ठाउँ कसैको छैन। विधेयकमा आएका प्रतिक्रियाहरू सकारात्मक छ। हामीले गर्न सक्ने शिक्षक साथीहरूको ९५ प्रतिशत माग पूरा भएको छ। मन्त्रालयका साथीहरू निरन्तर संवादमा हुनुहुन्छ।’
उनले शतप्रतिशत माग पूरा गर्न संविधान नै संशोधन गर्नुपर्ने भएकोले कतिपय संशोधन राष्ट्रिय सभामा पनि राख्न सकिने बताए।
उनले अहिलेको पाठ्यक्रम पुरानो भएको भन्दै सबै पाठ्यक्रमको समिक्षा गर्नुपर्ने बताए।
‘बौद्ध दर्शन प्रवर्द्धन तथा गुम्बा विकास समिति’को अध्यक्षमा निग्मा कुन्क्याप नियुक्त, को हुन् उनी?
अमेरिकी भिसा लिन २१ लाख ६० हजार रुपैयाँसम्म धरौटी !
गगन–विश्वप्रकाश, लोकतन्त्रको हत्याको कारक नबन्नु
अमेरिकाबाट निस्कासित नेपालीको नयाँ कीर्तिमान
पुराना पार्टीलाई कमजोर र नयाँलाई पानीको फोका सम्झनु राम्रो होइन्ः ईश्वर पोखरेल (अन्तर्वार्ता)
ओली ९, रवि २१ : रविले धेरै पछाडि छोडे ओलीलाई
‘टेरामक्स’ प्रकरणका अभियुक्तहरूलाई उम्काउने चलखेल सुरु
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया