बिएल संवाददाता
नेकपा माओवादीका उपमहासचिव जनार्दन शर्माले अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड)लक्षित टिप्पणी गर्दै कसैले काँध छोड्दैमा पृथ्वी नढल्ने चेतावनी दिएका छन्।
वर्तमान नेपाली राजनीतिको अग्रगामी रूपान्तरण बहस कार्यक्रममा बोल्दै उनले प्रचण्डको केही दिनअघिको अभिव्यक्तिको खण्डन गर्दै शेषनागले पृथ्वी बोकेको कुरा दन्त्यकथा भइसकेको टिप्पणी गरे।
बुधबार प्रचण्डले सरकारमा आफू नभए पनि राजनीतिको खाँबो आफैंले थेगेजस्तो भान हुने भनेका थिए। उनले आफू प्रतिपक्षी दलको नेता भएपनि ‘देशको राजनीतिको खाँबो मैले छोड्दिए भने भत्किहाल्छ जस्तो लाग्छ, गर्ल्यामगुर्लुम ढल्नी पो हो कि जस्तो लाग्छ, पूरै जिम्मा मेरै काँधमा जस्तो लाग्छ’ भनेका थिए।
प्रचण्डको अभिव्यक्तिको खण्डन गर्दै जनार्दनले शेषनागले पृथ्वी बोकेको कुरा दन्त्यकथा भइसकेको बताउँदै विज्ञानले पृथ्वी किन हल्लिन्छ भन्ने पुष्टि गरिसकेको बताए।
उनले भने, ‘शेषनागले कहीँ पृथ्वी बोकेको पनि छैन। बोकेको पनि हुँदैन, त्यो दन्त्यकथा हो। शेषनागले बोकेको पृथ्वी हल्लाइदियो भने भूकम्प आउँछ भन्ने कुरा दन्त्यकथा हो, आज त विज्ञानले अर्कै पुष्टि गरिसक्यो, त्यसकारण यो पृथ्वी चल्छ, केही ढल्दैन। पृथ्वी कसैले छोड्दैमा ढल्दैन।’
अमेरिकी भिसा लिन २१ लाख ६० हजार रुपैयाँसम्म धरौटी !
गगन–विश्वप्रकाश, लोकतन्त्रको हत्याको कारक नबन्नु
अमेरिकाबाट निस्कासित नेपालीको नयाँ कीर्तिमान
पुराना पार्टीलाई कमजोर र नयाँलाई पानीको फोका सम्झनु राम्रो होइन्ः ईश्वर पोखरेल (अन्तर्वार्ता)
ओली ९, रवि २१ : रविले धेरै पछाडि छोडे ओलीलाई
‘टेरामक्स’ प्रकरणका अभियुक्तहरूलाई उम्काउने चलखेल सुरु
मनको कुरा गरौं
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया