बिएल संवाददाता
नेकपा माओवादीका उपमहासचिव जनार्दन शर्माले अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड)लक्षित टिप्पणी गर्दै कसैले काँध छोड्दैमा पृथ्वी नढल्ने चेतावनी दिएका छन्।
वर्तमान नेपाली राजनीतिको अग्रगामी रूपान्तरण बहस कार्यक्रममा बोल्दै उनले प्रचण्डको केही दिनअघिको अभिव्यक्तिको खण्डन गर्दै शेषनागले पृथ्वी बोकेको कुरा दन्त्यकथा भइसकेको टिप्पणी गरे।
बुधबार प्रचण्डले सरकारमा आफू नभए पनि राजनीतिको खाँबो आफैंले थेगेजस्तो भान हुने भनेका थिए। उनले आफू प्रतिपक्षी दलको नेता भएपनि ‘देशको राजनीतिको खाँबो मैले छोड्दिए भने भत्किहाल्छ जस्तो लाग्छ, गर्ल्यामगुर्लुम ढल्नी पो हो कि जस्तो लाग्छ, पूरै जिम्मा मेरै काँधमा जस्तो लाग्छ’ भनेका थिए।
प्रचण्डको अभिव्यक्तिको खण्डन गर्दै जनार्दनले शेषनागले पृथ्वी बोकेको कुरा दन्त्यकथा भइसकेको बताउँदै विज्ञानले पृथ्वी किन हल्लिन्छ भन्ने पुष्टि गरिसकेको बताए।
उनले भने, ‘शेषनागले कहीँ पृथ्वी बोकेको पनि छैन। बोकेको पनि हुँदैन, त्यो दन्त्यकथा हो। शेषनागले बोकेको पृथ्वी हल्लाइदियो भने भूकम्प आउँछ भन्ने कुरा दन्त्यकथा हो, आज त विज्ञानले अर्कै पुष्टि गरिसक्यो, त्यसकारण यो पृथ्वी चल्छ, केही ढल्दैन। पृथ्वी कसैले छोड्दैमा ढल्दैन।’
निकास के त? व्यवस्था परिवर्तन कि पूर्ण पुनर्संरचना?
नागरिकता कानुन संशोधनको आवश्यकता
यूएनमा प्रधानमन्त्री बालेनको १४ मिनेटः विश्वको ध्यान तान्यो, नेपालीको मन
‘संविधानको आत्मा, अभ्यास र नागरिक अपनत्व’
प्रधानमन्त्री ‘बालेन हुन् कि रवि’ भन्नेमा कन्फूजन देखियोः सांसद विश्वकर्मा
‘मनको घाउ नदेखिए पनि पीडा गहिरो हुन्छ’
कांग्रेसभित्र सहमतिको अन्तिम अस्त्र ‘डा. शेखर’
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया