सोमबार, २५ अगस्ट २०२५

पर्वतारोहण संघमा कांग्रेस– एमालेलाई धक्का, माओवादी–रास्वपाको पल्लाभारी

News Image
• • •

नेपाल पर्वतारोहण संघ (एनएमए)को नयाँ नेतृत्वमा सत्ता गठबन्धनका उम्मेद्वारलाई पराजित गर्दै माओवादी-रास्वपा गठबन्धनका फुर गेल्जे शेर्पा विजयी भएका छन्।

शनिबार सम्पन्न निर्वाचनमा फुरले कांग्रेस-एमाले गठबन्धनका उम्मेदवार कुलबहादुर गुरुङलाई ५४ मतले पराजित गरेका हुन्।

फुरले ३४२ मत ल्याउँदा उनका प्रतिस्पर्धी गुरुङले २८८ मत मात्र प्राप्त गरे। त्यस्तै संघको प्रथम उपाध्यक्ष र एक सदस्यबाहेक अन्य सबै पदमा फुर नेतृत्वको टिम विजयी भएको हो।

नयाँ निर्वाचित पदाधिकारीको नतिजा

वरिष्ठ उपाध्यक्ष: ईश्वरी पौडेल– ३४५ मत, टिका गुरुङ– २५८ मत

प्रथम उपाध्यक्ष: मिङ्मा ग्याबो शेर्पा– ३५९ मत, काजी शेर्पा– २५६ मत

द्वितीय उपाध्यक्ष: बोधराज भण्डारी– ३६८ मत, धनबहादुर गुरुङ– २३८ मत

महासचिव: राजेन्द्रबहादुर लामा– ३१८ मत, विमल नहर्की– २०९ मत

सचिव: चन्दन थापा– ३५८ मत, ङिमा दिकी शेर्पा– २४४ मत

कोषाध्यक्ष: ङिमा नुर्बु शेर्पा र सुमी लामा दुवैले ३०४ बराबर मत पाएपछि आधा–आधा कार्यकाल नेतृत्व गर्ने सहमति।

सदस्यतर्फ निर्वाचितहरू

माधवकुमार धमला (२७८), केदार न्यौपाने (३०२), थुप्देन शेर्पा (३२६), गोकुल थापा (२८८), मुलाल गुरुङ (३५१), देण्डी शेर्पा (३११), विक्रम कार्की (३०६), रिञ्जे शेर्पा (३०१), देवेन्द्र डंगोल (२९५), दिकी शेर्पा (२८८) र निशा भोटे (३०७)।

• • •

प्रतिक्रिया

प्रतिक्रिया ()

टिप्पणीहरू छैनन्। तपाईं पहिलो बन्नुहोस्!