बिएल संवाददाता
कांगेस नेता भरतप्रसाद चौंलागाईंको जन्मदिन भव्य रुपमा मनाइएको छ।
गगन थापा प्रमुख अतिथि रहेको बर्थडे समारोहमा एकैपटक ४० बढी केक काटियो। रामेछापका नेता चौलागाईं कांग्रेस केन्द्रीय महाधिवेशन प्रतिनिधि हुन्।
चौलागाईंको जन्मदिनका लागि पार्टीको डण्डासहित विशेष रुपमा थरिथरीका केकहरू सजाइएका थिए। महामन्त्री थापाले समेत केक काटेर नेता चौलागाईंलाई शुभकामना दिए। थापाले केक काटेपछि नेता चौलागाईंले भकाभक एकएक गर्दै सबै केक काटे।
जन्मोत्सव समारोहमा कांग्रेस नेता कार्यकर्ताको उल्लेख्य उपस्थिति देखिन्थ्यो।
पछिल्लो समय प्रहरीले भड्किलो रुपमा जन्मदिन मनाउनेहरूमाथि निगरानी बढाएको छ। गत महिना चक्रे मिलनको जन्मदिन यसैगरी भड्किलो रुपमा मनाइँदा ५० बढी चुल्ठे मुन्द्रेहरू समातिएका थिए।
तर, कांग्रेसका महामन्त्रीसमेत रहेका गगन थापाको उपस्थितिमा भड्किलो रुपमा नेताको जन्मदिन मनाइएको भिडियो भाइरल भएपछि प्रहरीले के गर्छ? हेर्न बाँकी नै छ।
अमेरिकी भिसा लिन २१ लाख ६० हजार रुपैयाँसम्म धरौटी !
गगन–विश्वप्रकाश, लोकतन्त्रको हत्याको कारक नबन्नु
अमेरिकाबाट निस्कासित नेपालीको नयाँ कीर्तिमान
पुराना पार्टीलाई कमजोर र नयाँलाई पानीको फोका सम्झनु राम्रो होइन्ः ईश्वर पोखरेल (अन्तर्वार्ता)
ओली ९, रवि २१ : रविले धेरै पछाडि छोडे ओलीलाई
‘टेरामक्स’ प्रकरणका अभियुक्तहरूलाई उम्काउने चलखेल सुरु
मनको कुरा गरौं
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया