बिएल संवाददाता
प्रतिनिधि सभा अन्तर्गतको राज्य व्यवस्था तथा सुशासन समितिको सभापतिमा ईश्वरीदेवी न्यौपाने सर्वसम्मत निर्वाचित भएकी छन्।
दिउँसो १ बजेदेखि ४ बजेसम्म उम्मेदवारी दर्ताको समय तोकिएकोमा न्यौपानेको मात्र एकल उम्मेद्वारी परेको हो। न्यौपाने सत्ता गठबन्धनकी उम्मेद्वार हुन्। विपक्षीले सभापतिमा चासो देखाएन।
निर्धारित समयमा न्यौपानेको एकल उम्मेदवारी परेको प्रतिनिधि सभाका सचिव हर्कराज राइले जानकारी दिए। ययद्यपि, उनी सभापतिमा निर्वाचित भएको घोषणा हुन भने बाँकी छ।
भोलि दिउँसो ३ बजे बस्ने राज्य व्यवस्था समितिको बैठकमा न्यौपाने सभापतिमा सर्वसम्मत भएको घोषणा हुनेछ।
मंगलबार काग्रेसको शीर्ष नेताहरूको बैठकले आफूलाई समितिको सभापतिमा उठाउने निर्णय गरेसँगै उम्मेदवारी दिएको न्यौपानेले बताइन्।
उनले भनिन्, ‘म संसदीय सुनुवाई समितिको सभापति नै थिए, मलाई बिहान पार्टीले राज्य व्यवस्था तथा सुशासन समितिको सभापति बनाउने निर्णय पदाधिकारीले गर्यो भन्नुभयो। म त पार्टी कै कार्यकर्ता- नाइ भन्ने कुरा पनि भएन। त्यसपछि हामीले भर्खरै आएर मनोनयन दर्ता गरेका छौं।’
यसअघिका संसदीय सुनुवाइ समितिको सभापति रामहरि खतिवडाले राजीनामा दिएपछि न्यौपानेलाई अघि सारिएको हो।
न्यौपानेको प्रस्तावकमा उनै पूर्वसभापति खतिवडा छन् भने समर्थकमा एमाले सांसद कृष्णगोपाल श्रेष्ठ छन्।
माओवादीको ‘तप्कनी’बाट उम्रिएका अमर
देउवाजी बसिगया अब नैनसिंहजीको पालो...
चुनावले संसद त दिने भो, तर त्यो संसदले सरकारचाँहि दिन्छ कसरी ?
राजनीतिको राजमार्गमा झुल्किन खोजेका ‘किरण’
यस्तो छ चुनावी इपिसेन्टर झापा-५ र सर्लाही-४ को पछिल्लो स्थिति
के भैरहेछ अमेरिकाको नेपाली डायस्पोरामा ?
इश्तियाकका चुनावी ‘इश्क’
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया