
बिएल संवाददाता
कवाड व्यवसायी संघर्ष समितिले काठमाडौं महानगरपालिका कार्यालय घेराउ गरेका छन्।
मंगलबार काठमाडौंका नगर प्रमुख बालेनले कवाड व्यवसायीमाथि गुण्डा गर्दी गरेको भन्दै उनीहरूले विरोध प्रदर्शन गरेका हुन्।
दुई वर्षदेखि नगरप्रमुखले कवाडी व्यवसायीका घर र व्यवसायमा डोजर लगाउने काम गरेकोले त्यसको विरुद्धमा व्यवसायीहरूले प्रदर्शन गरेको कवाड व्यवसायी संघर्ष समितिमा संयोजक रामकेवल गुप्ताले बताए।
उनले भने, ‘महानगरले के भन्छ भने यो कवाडी रहँदैन। हामी निजी जग्गामा, व्यक्तिसँग जग्गा लिएर व्यवसाय गरिरहेका छौं। हामीले सरकारसँग व्यवसाय गर्ने अनुमति लिएर व्यवसाय गरेका छौं भने मेयरले त्यसो भन्ने अधिकार छैन नि।’
उनले समस्या भए वार्तामार्फत मिलाउन मिल्ने भन्दै महानगरले एक अर्ब रुपैयाँको लागि आफूहरूलाई हटाउन खाजेको पनि बताए।
‘गरिबको घरमा डोजर लगाइदिने? सबै भत्काएर भगाइदिने? काठमाडौंबाट कवाडलाई हटाएर एक अर्ब रुपैयाँ महानगरलाई आउने भएको हुनाले हामीलाई हटाउन खोजिएको हो,’ उनले भने।
ओली र पोखरेलको चेतावनी, बस्नेतको हुंकार र जेन–जी आन्दोलनपछि नेपालको राजनीति
‘जेन–जी’ आन्दोलनः स्वतन्त्रता कि विदेशी शक्तिको खेल?
दशैँको टीका र जमराको शास्त्रीय साइनो
विश्व शान्ति दिवसमा अशान्त मन!
जलेको सिंहदरबार
जेन–जी विद्रोह: धरोहरको पीडा र नयाँ नेपालको संकल्प
जेन–जेड आन्दोलनः सत्ताबाट ‘बेदखल’ राजनीतिक दलहरू, विना मुद्धा सोझै ‘एक्पोज्ड’ भ्रष्ट नेताहरू
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया