बिएल संवाददाता
काठमाडौं जिल्ला अदालतले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का केन्द्रीय सदस्य अरनिको पाँडेलाई चार दिन हिरासतमा राख्न अनुमति दिएको छ।
अदालतले पाँडेलाई चार दिन हिरासतमा राख्न अनुमति दिएको साइबर ब्युरोका प्रवक्ता एसपी दीपकराज अवस्थीले बताए।
एक महिलाले पाँडेले आफूलाई ह्वाट्सएपमार्फत गालीगलौज गरेको आरोपमा साइबर ब्यूरोमा उजुरी दिएपछि बुधबार साँझ पक्राउ परेका थिए।
पाँडे रास्वपा केन्द्रीय सदस्य हुन्। रास्वपा सरकारमा हुँदा उनी राष्ट्रिय योजना आयोगको सदस्यसमेत बनेका थिए।
समान प्रकृतिको मुद्दामा एकैदिन पक्राउ परेका एमाले केन्द्रीय सदस्य ऐन महर भने केही घण्टामै छुटेका थिए।
एक महिलाले महरले चरित्रहत्या गरेको आरोपमा जाहेरी दिएपछि ब्यूरोले पक्राउ गरेको थियो। तर, जिल्ला सरकारी वकिलको कार्यालयले महरलाई सामान्य वयान लिएर हाजिरी जमानीमा छाडेको थियो।
अमेरिकी भिसा लिन २१ लाख ६० हजार रुपैयाँसम्म धरौटी !
गगन–विश्वप्रकाश, लोकतन्त्रको हत्याको कारक नबन्नु
अमेरिकाबाट निस्कासित नेपालीको नयाँ कीर्तिमान
पुराना पार्टीलाई कमजोर र नयाँलाई पानीको फोका सम्झनु राम्रो होइन्ः ईश्वर पोखरेल (अन्तर्वार्ता)
ओली ९, रवि २१ : रविले धेरै पछाडि छोडे ओलीलाई
‘टेरामक्स’ प्रकरणका अभियुक्तहरूलाई उम्काउने चलखेल सुरु
मनको कुरा गरौं
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया