बिएल संवाददाता
काठमाडौं जिल्ला अदालतले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का केन्द्रीय सदस्य अरनिको पाँडेलाई चार दिन हिरासतमा राख्न अनुमति दिएको छ।
अदालतले पाँडेलाई चार दिन हिरासतमा राख्न अनुमति दिएको साइबर ब्युरोका प्रवक्ता एसपी दीपकराज अवस्थीले बताए।
एक महिलाले पाँडेले आफूलाई ह्वाट्सएपमार्फत गालीगलौज गरेको आरोपमा साइबर ब्यूरोमा उजुरी दिएपछि बुधबार साँझ पक्राउ परेका थिए।
पाँडे रास्वपा केन्द्रीय सदस्य हुन्। रास्वपा सरकारमा हुँदा उनी राष्ट्रिय योजना आयोगको सदस्यसमेत बनेका थिए।
समान प्रकृतिको मुद्दामा एकैदिन पक्राउ परेका एमाले केन्द्रीय सदस्य ऐन महर भने केही घण्टामै छुटेका थिए।
एक महिलाले महरले चरित्रहत्या गरेको आरोपमा जाहेरी दिएपछि ब्यूरोले पक्राउ गरेको थियो। तर, जिल्ला सरकारी वकिलको कार्यालयले महरलाई सामान्य वयान लिएर हाजिरी जमानीमा छाडेको थियो।
आमाको मुख हेर्ने दिनः स्वर्गवासी आमाको सम्झना
अदालतको निर्णयपछि एक हुन्छ कांग्रेस?
‘समस्या नेता मात्र होइन, नागरिक संस्कार पनि हो’
बालेन सरकारबाट जनतामा संशय पैदा हुने काम नहोस्
को हुन् नवनियुक्त महान्यायाधिवक्ता डा. कँडेल?
पूर्वमन्त्रीहरू र कर्मचारीको घरमा सुसारेका रुपमा कार्यरत बर्दिधारीलाई फिर्ता बोलाउन माग
श्यामूलले छिचोलेको ‘नशा’को त्यो पहाड (भिडियाेसहित)
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया