बिएल संवाददाता
नेपाली कांग्रेसका सांसद दुर्लभ थापाले निजी क्षेत्रको लगानी पनि राज्यकै लगानी भएको बताएका छन्।
शनिबार विनायक शिक्षा निकेतन इंङ्गलिस सेकेण्डरी स्कुलको स्वागत तथा बधाई कार्यक्रममा बोल्दै उनले निजी क्षेत्रबिना शिक्षा, स्वास्थ्य, उद्योग या कुनैपनि व्यवसायमा सम्भव नहुने पनि बताए।
उनले राज्यले मात्र सबै कुरा गर्न नसकेको परिस्थितिमा निजी क्षेत्रको लगानी आवश्यक रहेको भन्दै निजीलाई राज्यले प्रोत्साहित गर्नुपर्ने औंल्याए।
सांसद थापाले जुन देशमा निजी क्षेत्रहरू सफल भएका छन् ती राष्ट्रहरू विकसित भएको दाबी गर्दै सरकारले शिक्षा विधेयकमा निजी विद्यालयहरूको मागलाई सम्बोधन गर्न आग्रह गरे।
‘वास्तवमा शिक्षा स्वास्थ्य र रोजगारी सरकारले नै सिर्जना गर्नुपर्ने थियो। निःशुल्क शिक्षा, स्वास्थ्य र स्वदेशमै रोजगारी राज्य वा सरकारले गर्नुपर्ने हो। तर राज्यको ध्यान पुगेको छैन। विद्यालय शिक्षा ऐनले निजी विद्यालयलाई बेवास्ता गरिरहेको अवस्था छ,’ उनले भने, ‘आन्दोलनमा रहेका निजी विद्यालयहरू राज्यकै लगानी भएकाले राज्यको आँखाबाट हेर्नुपर्छ।’
अमेरिकी भिसा लिन २१ लाख ६० हजार रुपैयाँसम्म धरौटी !
गगन–विश्वप्रकाश, लोकतन्त्रको हत्याको कारक नबन्नु
अमेरिकाबाट निस्कासित नेपालीको नयाँ कीर्तिमान
पुराना पार्टीलाई कमजोर र नयाँलाई पानीको फोका सम्झनु राम्रो होइन्ः ईश्वर पोखरेल (अन्तर्वार्ता)
ओली ९, रवि २१ : रविले धेरै पछाडि छोडे ओलीलाई
‘टेरामक्स’ प्रकरणका अभियुक्तहरूलाई उम्काउने चलखेल सुरु
मनको कुरा गरौं
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया