बिएल संवाददाता
राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङदेनले प्रधानमन्त्री केपी शर्मा ओलीलाई आफूसँग प्रतिष्पर्धा गर्न चुनौती दिएका छन्।
शनिबार झापाको बिर्तामोडमा राप्रपाको जिल्ला अधिवेशनलाई सम्बोधन गर्दै लिङ्देनले प्रत्यक्ष कार्यकारी प्रधानमन्त्रीको व्यवस्थासहित निर्वाचनमा भिड्न चुनौती दिए।
‘अस्ति प्रधानमन्त्रीले आफ्नो कार्यकर्तालाई ब्रिफिङ गर्ने बेलामा भन्नुभएछ। अब त्यो राजेन्द्र लिङदेन भन्ने मान्छेले झापामा कहाँबाट जित्दो रहेछ हेरौँला भन्नुभएछ। एउटा सांसद जित्नु मात्रै मेरो उद्देश्य होइन। समयले खोजेछ भने झापा ५ टाढा होइन, राजेन्द्र लिङदेन त्यहाँ गएर लड्न सक्छ।’
उनले थपे, ‘म आजबाट यहाँबाटै शालिनतापूर्वक जवाफ के दिन चाहन्छु भने हाम्रो केही सहकार्य भयो। राजेन्द्र लिङदेन एउटा सांसद जित्नु र नजित्नु भन्दा माथि छ भन्नेकुरा उहाँले बुझिदिनुपर्छ। म सांसद त के बाँकी जीवन एउटा वडाको सदस्य नभएर मर्न तयार छु तर यो भ्रष्ट व्यवस्थाको विरुद्ध उभिन्छु भनेर आएको हुँ। म आगामी दिनमा मन्त्री, प्रधानमन्त्री, सांसद हुन्छु की हुन्न भनेर हिँडेको मान्छे होइन।’
निकास के त? व्यवस्था परिवर्तन कि पूर्ण पुनर्संरचना?
नागरिकता कानुन संशोधनको आवश्यकता
यूएनमा प्रधानमन्त्री बालेनको १४ मिनेटः विश्वको ध्यान तान्यो, नेपालीको मन
‘संविधानको आत्मा, अभ्यास र नागरिक अपनत्व’
प्रधानमन्त्री ‘बालेन हुन् कि रवि’ भन्नेमा कन्फूजन देखियोः सांसद विश्वकर्मा
‘मनको घाउ नदेखिए पनि पीडा गहिरो हुन्छ’
कांग्रेसभित्र सहमतिको अन्तिम अस्त्र ‘डा. शेखर’
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया