बिएल संवाददाता
राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङदेनले प्रधानमन्त्री केपी शर्मा ओलीलाई आफूसँग प्रतिष्पर्धा गर्न चुनौती दिएका छन्।
शनिबार झापाको बिर्तामोडमा राप्रपाको जिल्ला अधिवेशनलाई सम्बोधन गर्दै लिङ्देनले प्रत्यक्ष कार्यकारी प्रधानमन्त्रीको व्यवस्थासहित निर्वाचनमा भिड्न चुनौती दिए।
‘अस्ति प्रधानमन्त्रीले आफ्नो कार्यकर्तालाई ब्रिफिङ गर्ने बेलामा भन्नुभएछ। अब त्यो राजेन्द्र लिङदेन भन्ने मान्छेले झापामा कहाँबाट जित्दो रहेछ हेरौँला भन्नुभएछ। एउटा सांसद जित्नु मात्रै मेरो उद्देश्य होइन। समयले खोजेछ भने झापा ५ टाढा होइन, राजेन्द्र लिङदेन त्यहाँ गएर लड्न सक्छ।’
उनले थपे, ‘म आजबाट यहाँबाटै शालिनतापूर्वक जवाफ के दिन चाहन्छु भने हाम्रो केही सहकार्य भयो। राजेन्द्र लिङदेन एउटा सांसद जित्नु र नजित्नु भन्दा माथि छ भन्नेकुरा उहाँले बुझिदिनुपर्छ। म सांसद त के बाँकी जीवन एउटा वडाको सदस्य नभएर मर्न तयार छु तर यो भ्रष्ट व्यवस्थाको विरुद्ध उभिन्छु भनेर आएको हुँ। म आगामी दिनमा मन्त्री, प्रधानमन्त्री, सांसद हुन्छु की हुन्न भनेर हिँडेको मान्छे होइन।’
अमेरिकी भिसा लिन २१ लाख ६० हजार रुपैयाँसम्म धरौटी !
गगन–विश्वप्रकाश, लोकतन्त्रको हत्याको कारक नबन्नु
अमेरिकाबाट निस्कासित नेपालीको नयाँ कीर्तिमान
पुराना पार्टीलाई कमजोर र नयाँलाई पानीको फोका सम्झनु राम्रो होइन्ः ईश्वर पोखरेल (अन्तर्वार्ता)
ओली ९, रवि २१ : रविले धेरै पछाडि छोडे ओलीलाई
‘टेरामक्स’ प्रकरणका अभियुक्तहरूलाई उम्काउने चलखेल सुरु
मनको कुरा गरौं
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया