बिएल संवाददाता
नेकपा (एमाले)का महासचिव शंकर पोखरेलले पूर्व राष्ट्रपति विद्यादेवी भण्डारीप्रति पार्टीले गरेको निर्णय नेपालको संवैधानिक व्यवस्था र लोकतन्त्रप्रति निष्ठाको परिणाम रहेको बताएका छन्।
शनिबार नेकपा (एमाले) गोदावरी नगर कमिटीद्धारा आयोजित बृहत कार्यकर्ता भेला तथा प्रशिक्षण कार्यक्रममा बोल्दै उनले पूर्व राष्ट्रपतिप्रति पार्टीले गरेको निर्णय नेपालको संवैधानिक व्यवस्थाप्रतिको निष्ठा भएको बताएका हुन्।
‘सबै व्यक्ति जिम्मेवारीबाट मुक्त भएपछि उनीहरूको सुरक्षाको जिम्मा प्रहरीले लिन्छ, भूतपूर्व प्रधानमन्त्री, प्रधानन्यायाधीश, सभामुखको सुरक्षा नेपाल प्रहरीले गर्छ तर भूतपूर्व राष्ट्रपति र उपराष्ट्रपतिको सुरक्षामा नेपाली सेना छ। दलीय राजनीतिमा एउटा नेता सेनाको सुरक्षामा अर्को नेता सामान्य प्रहरीको सुरक्षामा रहने कुराको अन्तर एउटै हुन्छ र?,’ उनले भने, ‘त्यसअर्थमा राष्ट्रपतिलाई जुन भूमिकामा राखेका छौं, हाम्रो पार्टीले जे निर्णय गरेको छ त्यो निर्णय नेपालको संवैधानिक व्यवस्था र हाम्रो आफ्नो लोकतन्त्रप्रति निष्ठाको परिणाम हो भन्ने बुझ्नुपर्छ।’
उनले राष्ट्रपति र उपराष्ट्रपति सेवाबाट हटेपछि राजनीतिमा आउनुहुँदैन भन्ने पार्टी निर्णय कायम रहुन्जेलसम्म सदस्यको विषय सान्दर्भिक नहुने बताए।
उनले भने, ‘विषयलाई हामीले बुझ्नुपर्छ, पूर्व राष्ट्रपतिको सन्दर्भमा पार्टीले गरेको निर्णय के हो त्यसलाई जस्ताको जस्तै बुझ्नुपर्दछ। जहाँसम्म पूर्व राष्ट्रपति सामाजिक जिवनमा सक्रिय रहन पाइन्छ, राजनीतिक रुपमा चासो चिन्ता प्रकट गर्न पाइन्छ।’
देश र प्रहरी संगठनको हितमा वरिष्ठलाई ‘आईजीपी’
स्वतन्त्रता भनेको स्वच्छन्दता र अराजकता होइन
नेपालको भविष्य: राजसंस्था र लोकतन्त्र
नेपाल र इजिप्टका जेन–जी आन्दोलन: परिवर्तनको स्वर, पराजयको चित्र
विवादमा नेपाली सेना, यस्तो छ इतिहास
अन्तरिम सरकारमाथि बालेनको ‘छायाँ शासन’
जेन–जीको नाममा नयाँ आतंक: ‘म नै राज्य हुँ’ भन्ने शैलीमा धम्की र दबाब
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया