बिएल संवाददाता
नेकपा एकीकृत समाजवादीको विवाद उत्कर्षमा पुगेको छ।
अध्यक्ष माधवकुमार नेपालसँग असन्तुष्ट रहेका सम्मानित नेता झलनाथ खनाल र महासचिव घनश्याम भुसाल समूहले बेग्लै बैठक बोलाएको छ।
शान्तिनगरस्थित बानेश्वर क्याम्पसमा आइतबार नेताहरू छलफलमा जुटेका छन्। पार्टीको आगामी केन्द्रीय कमिटी, स्थायी कमिटी लगायतका बैठकहरूको एजेन्डा तय गर्नका लागि बैठक बोलाइएको नेताहरूले बताएका छन्।
बैठकमा स्थायी कमिटी सदस्य हरि पराजुली, पोलिटब्यूरो सदस्य लक्ष्मण लम्साल, नरेशकुमार शाही, केन्द्रीय सदस्य सुशील भट्टराई, केन्द्रीय सदस्य मनाकुमारी साउदलगायत नेताहरू सहभागी छन्।
संस्थापन इतर समूहले माधव नेपालविरुद्ध अब वारपारको लडाईं सुरु गर्ने संकेत गरेको छ। बैठकमा माधव नेपालपक्षीय नेताहरूले इतर पक्षका नेताविरुद्ध दिइरहेका अभिव्यक्तिमाथि चर्को असन्तुष्टि जनाइएको छ।
यता अनेरास्वियु र युवासंघको विग्रहलाई मिलाउने भन्दापनि पेलेर जाने अध्यक्ष नेपालको कार्यशैलीमाथि नेताहरूले चर्को असन्तुष्टि जनाएका छन्।
घनश्याम निकट एक नेताका अनुसार झलनाथ घनश्याम समूहले भर्खरै नेकपा एस प्रवेश गरेका बामदेव गौतमलाई आफ्नो कित्तामा ल्याउन प्रयास गरिरहेका छन्।
बामदेव घनश्यामसँग निकट छन्। यो अन्तरसंघर्षमा बामदेवले घनश्यामलाई साथ दिने सम्भावना छ।
माधव निकट नेताहरूले भने मूल पार्टी एमालेमा विग्रह गरेको मिल्न नपाउँदै फेरि अर्को फुटको रेखा कोरेको भन्दै असन्तुष्टि जनाएका छन्।
इतर पक्षका नेताहरूले भने यो अनौपचारिक छलफल मात्रै भएको बताएका छन्।
बालेन सरकारको १०० दिनः सुशासन र शासकीय सुधारका दृष्टिकोणले पूर्ण असफल
मनको ऐना
भूपदेवको भूमिकाबाट सन्तुष्ट छैनन् बालेन, महामन्त्रीमा विकल्प खोज्दै!
अझै पनि सपना जस्तै लाग्छः बाबाको सम्झना
एनटीभीको स्याटेलाइट लिंक खरिद प्रकरणः पीएसबीका पूर्वअध्यक्ष विष्टलाई मुख्य दोषी ठहर गर्दै प्रतिवेदन तयार!
पासपोर्ट खरिदमा अनियमितता प्रकरणः ठेक्का टुक्राउन तत्कालीन प्रधानमन्त्री ओलीकै निर्देशन!
अकबरे खुर्सानीले फेरिएको भोजपुर: रित्तिएका गाउँमा फर्किएको जीवन
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया