बिएल संवाददाता
नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड)ले क्रान्तिबाट प्राप्त उपलब्धिहरूमाथि प्रहार भइरहेको दाबी गर्दै आन्दोनलको तयारीमा लाग्न नेता कार्यकर्ताहरूलाई निर्देशन दिएका छन्।
बुधबार काठमाडौंमा आयोजित अखिल नेपाल महिला संघ(क्रान्तिकारी)को सातौं राष्ट्रिय सम्मेलन उद्घाटन समारोहलाई सम्बोधन गर्दै प्रचण्डले प्रतिगमनलाई परास्त गर्ने बेला भएको बताए।
उनले भने, ‘अहिले पनि संविधानमाथि घात हुने हो की भन्ने खतरा टरेको छैन। हाम्रो क्रान्तिबाट प्राप्त उपलब्धिहरूमाथि प्रहार हुन खोजिरहेको छ, विभिन्न कोणबाट, क्रान्तिका उपलब्धिको रक्षा गर्न र नयाँ क्रान्ति समाजवादतिर यो देशलाई डोर्याउन अब फेरि हिजो जनयुद्धमा जस्तै गरी महिलाहरूको सक्रियतामा सदन, सरकार र सडकमा आउन जरुरी छ। समाजवाद र महिलामाथिको विभेद सदाको लागि अन्त्य गर्न आन्दोलनमा जानुपर्छ।’
उनले जनमुक्ति सेनामा झन्डै ५० प्रतिशत महिलाहरू बन्दुक बोकेर लडाइँमा नउत्रिएको भए, अहिले महिलाले पाएको अधिकार सम्भव नहुने भन्दै महिलाको योगदानबिना गणतन्त्र पनि सम्भव नभएको बताए।
उनले ५१ प्रतिशत महिलाको प्रतिनिधित्व सबै निकायमा हुने कुरा कानून र संविधानमा सुनिश्चित गर्नुपर्ने बताए।
उनले भने, ‘माओवादी पार्टीको नेतृत्वमा सञ्चालित जनयुद्धमा हजारौंको संख्यामा महिलाको सहभागिता, जनमुक्ति सेनामा झन्डै ५० प्रतिशत महिलाहरु बन्दुक बोकेर लडाइँमा नउत्रिएको भए, अहिले महिलाले पाएको अधिकार सम्भव थियो त भन्दा कसैलाई पनि यो सम्भव थियो भन्ने लाग्दैन। तर राजनीतिक कारणले गर्दा भन्न हिचकिचाउने मात्र हो। यथार्थ कुरा त त्यही हो की त्यो त्याग र तपस्या नभएको भए आज देशमा गणतन्त्र नै सम्भव तत्काल थिएन र महिलाहरुले अहिले पाएको अधिकार पनि सम्भव थिएन।’
उनले सम्पूर्ण जनताले निर्वाचित गरेको कार्यकारी प्रमुख राष्ट्रपति नभएसम्म यो देशमा भ्रष्टाचार कम नहुने पनि बताए।
बालेन सरकारको १०० दिनः सुशासन र शासकीय सुधारका दृष्टिकोणले पूर्ण असफल
मनको ऐना
भूपदेवको भूमिकाबाट सन्तुष्ट छैनन् बालेन, महामन्त्रीमा विकल्प खोज्दै!
अझै पनि सपना जस्तै लाग्छः बाबाको सम्झना
एनटीभीको स्याटेलाइट लिंक खरिद प्रकरणः पीएसबीका पूर्वअध्यक्ष विष्टलाई मुख्य दोषी ठहर गर्दै प्रतिवेदन तयार!
पासपोर्ट खरिदमा अनियमितता प्रकरणः ठेक्का टुक्राउन तत्कालीन प्रधानमन्त्री ओलीकै निर्देशन!
अकबरे खुर्सानीले फेरिएको भोजपुर: रित्तिएका गाउँमा फर्किएको जीवन
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया