बिएल संवाददाता
काठमाडौं उपत्यकामा प्रहरी कार्यालयले रातको समयमा हुने ध्वनि प्रदूषण नियन्त्रण गर्ने उद्धेश्यसहित शान्त तथा अवरोधमुक्त छिमेकी अभियान सुरु गरेको छ।
रातको समयमा छिमेकमा हुने गतिविधिले अर्को छिमेकीलाई असर गरिरहेको भन्दै कार्यालयमा उजुरिको चाङ लागेपछि प्रहरीले यो अभियान सुरु गरेको हो। अब रातको समयमा छिमेकीलाई असर पार्ने गरी अनावश्यक आवाज उत्पन्न गर्न पाइने छैन।
प्रहरीले अबेर राति कुकरमा सिट्ठी लगाएर छिमेकीलाई डिस्टर्ब नगर्न आह्वान गरेको छ। फोन कल गर्दा आवाज कम गर्न वा हेडफोन प्रयोग गर्न र सकेसम्म म्यासेजमै संवाद गर्न प्रहरीले आग्रह गरेको छ।
त्यस्तै, अबेरसम्म ठुलो स्वरले गफगाफ नगर्न, छिमेकीलाई असर गर्नेगरी राति पार्टी, उत्सव नमनाउन र भान्सामा भाडाँकुडाँको ठुलो आवाज उत्पन्न नगर्न राति गेट ढकढक्याउने वा बेल बजाउने कार्य नगर्न प्रहरीले आग्रह गरेको छ।
ध्वनी प्रदुषण गर्ने व्यक्ति र संस्थालाई सम्बन्धित निकायले त्यस्तो कार्यमा बन्देज लगाइ कानुन बमोजिम तीन लाखसम्म जरिवाना गराउने प्रहरीले चेतावनी दिएको छ।
राति के-के गर्न पाइँदैन?

निकास के त? व्यवस्था परिवर्तन कि पूर्ण पुनर्संरचना?
नागरिकता कानुन संशोधनको आवश्यकता
यूएनमा प्रधानमन्त्री बालेनको १४ मिनेटः विश्वको ध्यान तान्यो, नेपालीको मन
‘संविधानको आत्मा, अभ्यास र नागरिक अपनत्व’
प्रधानमन्त्री ‘बालेन हुन् कि रवि’ भन्नेमा कन्फूजन देखियोः सांसद विश्वकर्मा
‘मनको घाउ नदेखिए पनि पीडा गहिरो हुन्छ’
कांग्रेसभित्र सहमतिको अन्तिम अस्त्र ‘डा. शेखर’
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया