बिएल संवाददाता
भोलि माइतीघरदेखि संघीय संसद भवन परिसर बानेश्वरसम्म विशाल प्रदर्शनको तयारीमा रहेको ‘जेन—जी’लाई काठमाडौंका मेयर बालेन साहले समर्थन गरेका छन्।
मेयर साहले २८ वर्षमुनीका नयाँ पुस्ताको स्वतःस्फूर्त आन्दोलनमा आफ्नो स्वार्थ पूरा गर्न कुनै पार्टी, नेता, कार्यकर्ता, सांसद, अभियन्ताहरूलाई सहभागी नहुन आग्रहसमेत गरेका छन्।
उनले आफूलाई पनि आन्दोलनमा सहभागी हुन मन भएको तर नयाँ पुस्ताको आन्दोलनमा आफ्नो उमेरका कारण जान नमिल्ने भए पनि आफ्नो भरपुर समर्थन रहेको बताएका छन्।
बालेनले भने, ‘भोलlको र्याली स्पष्ट स्वस्फूर्तरुपमा Gen Z को हो, उहाँहरू भनेको २८ वर्ष मुनि हुनुहुन्छ, जसको लागि म पनि अझै बुडो देखिन्छु। मलाइ पनि उहाँहरूको इच्छा, उद्देश्य, सोच बुझ्नु मन छ। भोलि यो स्वतफुर्त र्यालीमा कुनै पार्टी, नेता, कार्यकर्ता, सांसद, अभियन्ताहरू आफ्नो स्वार्थ पूरा गर्न बाठो नबन्नु होला। म उमेर हदबन्दीको कारण जान मिल्दैन, तर उहाँहरूको कुरा बुझ्नु जरुरी छ, मेरो भरपुर समर्थन छ।’
अन्तमा बालेनले सोधेका छन्, ‘प्रिय Gen z, भन्नुस् तपाईंहरूले कस्तो देश देख्न चाहनु हुन्छ?’
निकास के त? व्यवस्था परिवर्तन कि पूर्ण पुनर्संरचना?
नागरिकता कानुन संशोधनको आवश्यकता
यूएनमा प्रधानमन्त्री बालेनको १४ मिनेटः विश्वको ध्यान तान्यो, नेपालीको मन
‘संविधानको आत्मा, अभ्यास र नागरिक अपनत्व’
प्रधानमन्त्री ‘बालेन हुन् कि रवि’ भन्नेमा कन्फूजन देखियोः सांसद विश्वकर्मा
‘मनको घाउ नदेखिए पनि पीडा गहिरो हुन्छ’
कांग्रेसभित्र सहमतिको अन्तिम अस्त्र ‘डा. शेखर’
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया