बिएल संवाददाता
बानेश्वर ‘नरसंहार’पछि एमाले अध्यक्षसमेत रहेका प्रधानमन्त्री केपी शर्मा ओलीलाई पार्टीकै नेता-कार्यकर्ताहरूले पदबाट राजीनामा दिएर बालकोट सर्न म्यासेज पठाइरहेका छन्।
बालुवाटार निकट स्रोतका अनुसार राज्यले बल प्रयोग गरेर २० जना युवाको हत्या गरेको भन्दै विद्या भण्डारी निकट नेतादेखि अनेरास्ववियुका पदाधिकारी र सदस्यहरूले ओलीलाई म्यासेन्जरमार्फत राजीनामा नै उत्तम विकल्प हुने सुझाव दिएका छन्।
स्रोतका अनुसार एमालेका ती नेता तथा कार्यकर्ताहरूले काठमाडौंमा ‘छोराछोरीको हत्या गरेर गाउँगाउँमा उनीहरूका आमाबाबुलाई एमालेमा भोट माग्न नसकिने’ भन्दै असन्तुष्टि पोखेका छन्। अधिकांश नेताहरूले जेन-जीको कार्यक्रममा राज्यले चरम दमन गरेको भन्दै प्रधानमन्त्री ओली र गृहमन्त्रीप्रति आक्रोश व्यक्त गरेका छन्।
त्यस्तै एमाले नेतृ उषाकिरण तिमल्सिनाले सामाजिक सञ्जालमार्फत नै ओलीको राजीनामा मागेकी छन्। एमालेनिकट स्रोत भन्छ- उपाध्यक्षद्वय सुरेन्द्र पाण्डे, युवराज ज्ञवाली र स्थायी कमिटी सदस्य कर्ण थापाले ओलीको सचिवालयलाई आफ्नो सन्देश पठाएका छन्।
एमालेका नेता मात्रै होइन अनेरास्ववियु र युवा संघका दर्जनौं नेताहरूले समेत जेन-जीमाथिको दमन सहन नसक्ने भन्दै धमाधम जिम्मेवारीबाट राजीनामा दिइरहेका छन्।
अमेरिकी भिसा लिन २१ लाख ६० हजार रुपैयाँसम्म धरौटी !
गगन–विश्वप्रकाश, लोकतन्त्रको हत्याको कारक नबन्नु
अमेरिकाबाट निस्कासित नेपालीको नयाँ कीर्तिमान
पुराना पार्टीलाई कमजोर र नयाँलाई पानीको फोका सम्झनु राम्रो होइन्ः ईश्वर पोखरेल (अन्तर्वार्ता)
ओली ९, रवि २१ : रविले धेरै पछाडि छोडे ओलीलाई
‘टेरामक्स’ प्रकरणका अभियुक्तहरूलाई उम्काउने चलखेल सुरु
मनको कुरा गरौं
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया