बिएल संवाददाता
बानेश्वर ‘नरसंहार’पछि एमाले अध्यक्षसमेत रहेका प्रधानमन्त्री केपी शर्मा ओलीलाई पार्टीकै नेता-कार्यकर्ताहरूले पदबाट राजीनामा दिएर बालकोट सर्न म्यासेज पठाइरहेका छन्।
बालुवाटार निकट स्रोतका अनुसार राज्यले बल प्रयोग गरेर २० जना युवाको हत्या गरेको भन्दै विद्या भण्डारी निकट नेतादेखि अनेरास्ववियुका पदाधिकारी र सदस्यहरूले ओलीलाई म्यासेन्जरमार्फत राजीनामा नै उत्तम विकल्प हुने सुझाव दिएका छन्।
स्रोतका अनुसार एमालेका ती नेता तथा कार्यकर्ताहरूले काठमाडौंमा ‘छोराछोरीको हत्या गरेर गाउँगाउँमा उनीहरूका आमाबाबुलाई एमालेमा भोट माग्न नसकिने’ भन्दै असन्तुष्टि पोखेका छन्। अधिकांश नेताहरूले जेन-जीको कार्यक्रममा राज्यले चरम दमन गरेको भन्दै प्रधानमन्त्री ओली र गृहमन्त्रीप्रति आक्रोश व्यक्त गरेका छन्।
त्यस्तै एमाले नेतृ उषाकिरण तिमल्सिनाले सामाजिक सञ्जालमार्फत नै ओलीको राजीनामा मागेकी छन्। एमालेनिकट स्रोत भन्छ- उपाध्यक्षद्वय सुरेन्द्र पाण्डे, युवराज ज्ञवाली र स्थायी कमिटी सदस्य कर्ण थापाले ओलीको सचिवालयलाई आफ्नो सन्देश पठाएका छन्।
एमालेका नेता मात्रै होइन अनेरास्ववियु र युवा संघका दर्जनौं नेताहरूले समेत जेन-जीमाथिको दमन सहन नसक्ने भन्दै धमाधम जिम्मेवारीबाट राजीनामा दिइरहेका छन्।
बालेन सरकारको १०० दिनः सुशासन र शासकीय सुधारका दृष्टिकोणले पूर्ण असफल
मनको ऐना
भूपदेवको भूमिकाबाट सन्तुष्ट छैनन् बालेन, महामन्त्रीमा विकल्प खोज्दै!
अझै पनि सपना जस्तै लाग्छः बाबाको सम्झना
एनटीभीको स्याटेलाइट लिंक खरिद प्रकरणः पीएसबीका पूर्वअध्यक्ष विष्टलाई मुख्य दोषी ठहर गर्दै प्रतिवेदन तयार!
पासपोर्ट खरिदमा अनियमितता प्रकरणः ठेक्का टुक्राउन तत्कालीन प्रधानमन्त्री ओलीकै निर्देशन!
अकबरे खुर्सानीले फेरिएको भोजपुर: रित्तिएका गाउँमा फर्किएको जीवन
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया