
बिएल संवाददाता
पूर्वप्रधानमन्त्री एवम् नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र उनकी धर्मपत्नी डा.आरजु देउवामाथि भदौ २४ गते (मंगलबार) जेन–जी आन्दोलनका क्रममा भएको कुटपिटप्रति देउवा सेवा समाजले निन्दा गरेको छ।
देउवा सेवा समाज धनगढीले एक विज्ञप्ति जारी गर्दै शेरबहादुर देउवा जीवनभर प्रजातन्त्रका लागि समर्पित व्यक्ति भएकोले उनीमाथिको आक्रमणलाई आपराधिक मानसिकता बोकेको समूहको कार्यको संज्ञा दिएको छ।
समाजका अध्यक्ष गजैसिंह देउवाले हस्ताक्षरित विज्ञप्तिमा भनिएको छ, ‘समकालीन नेताहरू घर छाडेर भाग्दा पनि देउवा आफ्नै निवासमा दृढतापूर्वक बसिरहनु भएको थियो। उहाँ कुनै राजनीतिक बिरासतबाट होइन, झुपडीबाट उठेर देशका लागि बलिदान दिन तयार भएरै राजनीतिमा लाग्नुभएको हो।’
घटनालाई सुनियोजित हमला भन्दै आपराधिक प्रवृत्तिका व्यक्तिहरूको संलग्नता हुनसक्ने देउवा समाजको अनुमान छ।
शेरबहादुर देउवाका समर्थक र शुभेच्छुकहरूले घटनाको निन्दा गर्दै देउवाको योगदानको स्मरण गरिरहेका छन्।
‘जेन–जी’ आन्दोलनः स्वतन्त्रता कि विदेशी शक्तिको खेल?
दशैँको टीका र जमराको शास्त्रीय साइनो
विश्व शान्ति दिवसमा अशान्त मन!
जलेको सिंहदरबार
जेन–जी विद्रोह: धरोहरको पीडा र नयाँ नेपालको संकल्प
जेन–जेड आन्दोलनः सत्ताबाट ‘बेदखल’ राजनीतिक दलहरू, विना मुद्धा सोझै ‘एक्पोज्ड’ भ्रष्ट नेताहरू
नेपाली राजनीतिमा उमेर र अनुभवको रंगमञ्च: भीमसेन थापादेखि सुशीला कार्कीसम्म
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया