बिएल संवाददाता
जेन-जी आन्दोलनपछि उत्पन्न परिस्थितिबारे प्रमुख चार दलका दोस्रो तहका नेताहरू छलफलमा जुटेका छन्।
चार दलका युवा नेताहरूबीचको आन्तरिक छलफलपछि दोस्रो तहका नेताहरू संयुक्त छलफलमा जुटेका हुन्।
स्रोतका अनुसार कांग्रेस, एमाले, माओवादी केन्द्र र रास्वपाका नेताहरूले भर्चुअल वार्ता गरेका छन्।
नेपाली कांग्रेसबाट गगन थापा, विश्वप्रकाश शर्मा र चन्द्र भण्डारी, नेकपा एमालेबाट योगेश भट्टराई, ठाकुर गैरे र विद्या भट्टराई, नेकपा माओवादी केन्द्रबाट माधव सापकोटा, राजन दाहाल र अमनलाल मोदी र रास्वपाको तर्फबाट सोबिता गौतम र शिशिर खनाल संवादमा छन्।
चारवटै पार्टीको आन्तरिक छलफलपछि संयुक्त भर्चुअल संवादमा जुटेका उनीहरूले तीनबुँदे निष्कर्षसमेत निकालेका छन्।
दलहरूले आत्मसमीक्षा गर्नुपर्ने, जेन-जीका माग सम्बोधन हुनुपर्ने र पश्चगमनमा फर्किन खोजे सामूहिक प्रतिवाद गर्ने निष्कर्ष चार दलको छ।
अन्तरिम सरकार गठनमा जंगीअड्डाको आलटाल र राजतन्त्र र सैन्य शासनको चर्चा सुरु भएपछि दलहरू छलफलमा जुटेका हुन्।
निकास के त? व्यवस्था परिवर्तन कि पूर्ण पुनर्संरचना?
नागरिकता कानुन संशोधनको आवश्यकता
यूएनमा प्रधानमन्त्री बालेनको १४ मिनेटः विश्वको ध्यान तान्यो, नेपालीको मन
‘संविधानको आत्मा, अभ्यास र नागरिक अपनत्व’
प्रधानमन्त्री ‘बालेन हुन् कि रवि’ भन्नेमा कन्फूजन देखियोः सांसद विश्वकर्मा
‘मनको घाउ नदेखिए पनि पीडा गहिरो हुन्छ’
कांग्रेसभित्र सहमतिको अन्तिम अस्त्र ‘डा. शेखर’
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया