बिएल संवाददाता
जनमत पार्टीले आफ्नै नेतृत्वको मधेश प्रदेश सरकारबा मुख्यमन्त्री र सबै मन्त्रीलाई फिर्ता बोलाएको छ।
पार्टीको मधेश प्रदेश संसदीय दलका नेता महेश यादवले पार्टी प्रदेश सरकारबाट फिर्ता हुने निर्णयमा पुगेको भन्दै प्रदेश प्रमुखलाई पत्राचार गरेका छन्।
यसअघि दिउँसो मधेश प्रदेशका मुख्यमन्त्री सतिश कुमार सिंहले राजीनामा नदिने भनेका थिए। उनले अहिलेको भाँडभैलोमा फेरि सरकार बनाउने र गिराउने खेल हुने भएकाले कुनै ठोस निकास नभएसम्म काम गर्नु पर्ने भएकाले राजीनामा नदिने बताएका थिए।
उनले आफ्नो फेसबुक पेजमार्फत भनेका थिए, ‘जनताको ज्यानभन्दा ठुलो पद होइन, राजीनामाले जनताको जीवन रक्षा र सम्पत्तिको क्षति रोक्न मदत पुग्छ भने सचिवालयमार्फत सामाजिक सञ्जालमा गरिएको राजीनामाको जानकारी सत्य हो नत्र संविधान र सङ्घीयताको रक्षार्थ म हरेक बाटो रोज्न तयार छु, तर सङ्घीयताको आत्मा मधेशलाई नेतृत्वविहीन बनाई अरूको खेल मैदान बनाउन दिने कुनैपनि प्रयास स्वीकार्य हुने छैन।’
त्यस्तै उनले संघीयतालाई कमजोर पार्ने सरकार बनाउने–गिराउने खेलभन्दा माथि उठेर, सहमतिका आधारमा नयाँ नेतृत्व चयन भएमा पद त्याग गर्न तयार रहेको भनेका थिए।
निकास के त? व्यवस्था परिवर्तन कि पूर्ण पुनर्संरचना?
नागरिकता कानुन संशोधनको आवश्यकता
यूएनमा प्रधानमन्त्री बालेनको १४ मिनेटः विश्वको ध्यान तान्यो, नेपालीको मन
‘संविधानको आत्मा, अभ्यास र नागरिक अपनत्व’
प्रधानमन्त्री ‘बालेन हुन् कि रवि’ भन्नेमा कन्फूजन देखियोः सांसद विश्वकर्मा
‘मनको घाउ नदेखिए पनि पीडा गहिरो हुन्छ’
कांग्रेसभित्र सहमतिको अन्तिम अस्त्र ‘डा. शेखर’
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया