बिएल संवाददाता
अन्तरिम सरकारकी प्रधानमन्त्री सुशीला कार्कीको स्वागतमा सिंहदरबारमा फेरि उही पट्यारलाग्दो दृश्य देखिएको छ।
प्रधानमन्त्री कार्कीको पदबहालीका क्रममा निजामती कर्मचारीहरूको उही पुरानै चाकडी र चाप्लुसी शैली देखिएको छ। उही प्रक्रिया र शैलीले जेन–जी नै निरुत्साहित देखिएका छन्।
जेन–जी पुस्ताले जुन उद्धेश्यले विद्रोह गरी सत्ताबाट पुराना दलहरूलाई बिदा गरेका थिए, निजामती कर्मचारीहरूले प्रधानमन्त्री कार्कीको पदबहाली र स्वागतमा सोही रबैया देखाएका छन्।
उही तामझामसहित हातमा फूलगुच्छा बोकेर स्वागतका लागि लाइन लागेका कर्मचारीहरू, पट्यारलाग्दो र अनावश्यक रुपमा कर्मचारीहरूको परिचय प्रक्रिया देख्दा जेन–जीहरू दिक्दार छन्।
जेन–जीहरू भन्न लागेका छन्, ‘उही पुरानै रवाफ देखाउने भए यत्रो विद्रोहको जरुरत किन थियो?’
पदबहालीमा देखिएको लामो प्रक्रिया र तामझाम देख्दा लाग्छ निजामती कर्मचारीहरूमा चाकडीको पुरानो शैली सकिएको छैन। जेन–जी भन्छन्, ‘सरकार त फेरियो, अब निजामती संरचनाकै पुनर्गठन गर्नुपर्ने देखियो। नेताहरूलाई बिगार्न कर्मचारीकै हात देखिन्छ।’
अमेरिकी भिसा लिन २१ लाख ६० हजार रुपैयाँसम्म धरौटी !
गगन–विश्वप्रकाश, लोकतन्त्रको हत्याको कारक नबन्नु
अमेरिकाबाट निस्कासित नेपालीको नयाँ कीर्तिमान
पुराना पार्टीलाई कमजोर र नयाँलाई पानीको फोका सम्झनु राम्रो होइन्ः ईश्वर पोखरेल (अन्तर्वार्ता)
ओली ९, रवि २१ : रविले धेरै पछाडि छोडे ओलीलाई
‘टेरामक्स’ प्रकरणका अभियुक्तहरूलाई उम्काउने चलखेल सुरु
मनको कुरा गरौं
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया