बिएल संवाददाता
अन्तरिम सरकारकी प्रधानमन्त्री सुशीला कार्कीको स्वागतमा सिंहदरबारमा फेरि उही पट्यारलाग्दो दृश्य देखिएको छ।
प्रधानमन्त्री कार्कीको पदबहालीका क्रममा निजामती कर्मचारीहरूको उही पुरानै चाकडी र चाप्लुसी शैली देखिएको छ। उही प्रक्रिया र शैलीले जेन–जी नै निरुत्साहित देखिएका छन्।
जेन–जी पुस्ताले जुन उद्धेश्यले विद्रोह गरी सत्ताबाट पुराना दलहरूलाई बिदा गरेका थिए, निजामती कर्मचारीहरूले प्रधानमन्त्री कार्कीको पदबहाली र स्वागतमा सोही रबैया देखाएका छन्।
उही तामझामसहित हातमा फूलगुच्छा बोकेर स्वागतका लागि लाइन लागेका कर्मचारीहरू, पट्यारलाग्दो र अनावश्यक रुपमा कर्मचारीहरूको परिचय प्रक्रिया देख्दा जेन–जीहरू दिक्दार छन्।
जेन–जीहरू भन्न लागेका छन्, ‘उही पुरानै रवाफ देखाउने भए यत्रो विद्रोहको जरुरत किन थियो?’
पदबहालीमा देखिएको लामो प्रक्रिया र तामझाम देख्दा लाग्छ निजामती कर्मचारीहरूमा चाकडीको पुरानो शैली सकिएको छैन। जेन–जी भन्छन्, ‘सरकार त फेरियो, अब निजामती संरचनाकै पुनर्गठन गर्नुपर्ने देखियो। नेताहरूलाई बिगार्न कर्मचारीकै हात देखिन्छ।’
निकास के त? व्यवस्था परिवर्तन कि पूर्ण पुनर्संरचना?
नागरिकता कानुन संशोधनको आवश्यकता
यूएनमा प्रधानमन्त्री बालेनको १४ मिनेटः विश्वको ध्यान तान्यो, नेपालीको मन
‘संविधानको आत्मा, अभ्यास र नागरिक अपनत्व’
प्रधानमन्त्री ‘बालेन हुन् कि रवि’ भन्नेमा कन्फूजन देखियोः सांसद विश्वकर्मा
‘मनको घाउ नदेखिए पनि पीडा गहिरो हुन्छ’
कांग्रेसभित्र सहमतिको अन्तिम अस्त्र ‘डा. शेखर’
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया