बिएल संवाददाता
पूर्वसांसद सुमना श्रेष्ठले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) परित्याग गरेकी छन्।
आइतबार उनले रास्वपा ग्रुपमा आफूले पार्टी परित्याग गरेको जानकारी गराएकी हुन्। केही समयअघि सहमहामन्त्रीबाट राजनीनामा दिएकी सुमनालाई केन्द्रीय सदस्य ज्वाला संग्रौलाको समूहले घेराबन्दी गर्ने मिडियाबाजी गर्ने गरेपछि सुमना असन्तुष्ट थिइन्।
‘उनीहरूले सुमनालाई- कुनै हैसियत नभएको भन्दै हेप्ने गर्थे। रविले बनाएको सांसद भन्थे’ रास्वपा स्रोत भन्छ। उनले यो विषयमा पटकपटक पार्टीमा गुनासो समेत गर्दै आएकी थिइन्।
सुमनाले पार्टी परित्याग गर्नुको कारणमा पनि आफूमाथि आक्रमण भएको खुलाएकी छन्। सभापति लामिछानेको एकपछि अर्को प्रकरण बाहिरिनु र जेन–जी आन्दोलनको फाइदा उठाएर जेल बाहिर आएकोमा पनि सुमना लगायत नेताहरू असन्तुष्ट थिए।
उनले ग्रुपमा लेखेकी छन्, ‘कहिल्यै गल्ती नस्विकार्ने। गल्तीमाथि गल्ती गरिरहने र त्यसको बोझ पार्टीका सबैले बोकिदिनु पर्ने। पार्टीभित्र आलोचना गर्नेहरूका विरुद्धमा मिडिया ट्रायल गर्ने। जहिलेदेखि राष्ट्रिय स्वतन्त्र पार्टीले देशभन्दा माथि पार्टी र पार्टीभन्दा माथि नेतालाई राख्न थालेको हो, त्यति बेलादेखि नै आलोचना गर्दै आएको हुँ। तर त्यसले कत्ति पनि फरक पारेन। अझ उल्टै मिडिया ट्रायल हुन थाल्यो। यो स्वीकार्य छैन। अब खुल्लारूपमा आक्रमण गर्ने हो भने पनि सजिलो बनाइदिएको छु। मनलाग्दी चलुन्जेल मनलाग्दी गर्नु होलाI QUIT. मैले पार्टी छोडें।’
स्रोतका अनुसार रास्वपा केन्द्रीय सदस्य गणेश कार्की, निशा डाँगीलगायत नेताहरू पनि पार्टी छाड्ने तयारीमा छन्।
जेन–जीको आन्दोलनमा रास्वपाले फाइदा उठाउन खोजेपछि सुमनाले खबरदारीसमेत गरेकी थिइन्।
निकास के त? व्यवस्था परिवर्तन कि पूर्ण पुनर्संरचना?
नागरिकता कानुन संशोधनको आवश्यकता
यूएनमा प्रधानमन्त्री बालेनको १४ मिनेटः विश्वको ध्यान तान्यो, नेपालीको मन
‘संविधानको आत्मा, अभ्यास र नागरिक अपनत्व’
प्रधानमन्त्री ‘बालेन हुन् कि रवि’ भन्नेमा कन्फूजन देखियोः सांसद विश्वकर्मा
‘मनको घाउ नदेखिए पनि पीडा गहिरो हुन्छ’
कांग्रेसभित्र सहमतिको अन्तिम अस्त्र ‘डा. शेखर’
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया