बिएल संवाददाता
नवनियुक्त अर्थमन्त्री रामेश्वर खनालले पदभार ग्रहण गरेका छन्।
सोमबार राष्ट्रपति कार्यालयमा शपथ लिए लगत्तै उनले सिंहदरबारस्थित मन्त्रालयमा कार्यभार सम्हालेका हुन्।
पदभार ग्रहणका क्रममा अर्थमन्त्री खनालले स्वकीय सचिवालय नराख्ने घोषणा गर्दै आफ्नो लागि एक सवारी चालक भए पुग्ने बताएका छन्।
सरकारी कोषबाट आफूले अनावश्यक सुविधा नलिने घोषणा गर्दै उनले तलब-भत्ता नलिने, मन्त्री क्वार्टरमा नबस्ने, सरकारी गाडी नलिने, पीएसओ, नराख्ने घोषणा गरेका छन्।
निजी क्षेत्रसँग अन्तरक्रिया गरेर अघि बढ्ने बताउँदै उनले हिजोको तुलनामा परिवर्तनको महसुस हुनेगरी मन्त्रालयले प्रयास गर्ने पनि बताए।
पूर्वतयारी नगरिएका आयोजनाहरूको कामअगाडि नबढाउने, टुक्रे योजनाहरू कार्यान्वयन नगर्ने र राज्यकोषबाट भइरहेको फजुल खर्च नियन्त्रण गर्ने उनले प्रतिवद्धता गरेका छन्।
अमेरिकी भिसा लिन २१ लाख ६० हजार रुपैयाँसम्म धरौटी !
गगन–विश्वप्रकाश, लोकतन्त्रको हत्याको कारक नबन्नु
अमेरिकाबाट निस्कासित नेपालीको नयाँ कीर्तिमान
पुराना पार्टीलाई कमजोर र नयाँलाई पानीको फोका सम्झनु राम्रो होइन्ः ईश्वर पोखरेल (अन्तर्वार्ता)
ओली ९, रवि २१ : रविले धेरै पछाडि छोडे ओलीलाई
‘टेरामक्स’ प्रकरणका अभियुक्तहरूलाई उम्काउने चलखेल सुरु
मनको कुरा गरौं
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया