बिएल संवाददाता
राष्ट्रिय स्वतन्त्र पार्टी परित्याग गरेकी पूर्वसांसद सुमना श्रेष्ठलाई जेन–जी समूहले प्रधानमन्त्रीको राजनीतिक सल्लाहकार नियुक्त गर्न प्रस्ताव गरेको छ।
जेन–जी आन्दोलनपछि अब अन्तरिम सरकारलाई सफल बनाउनुपर्ने भन्दै पार्टी राजनीति छाडेकी सुमनालाई शिक्षामन्त्री बनाउने चर्चा चलेको थियो। तर, सुमना स्वयंले आफू मन्त्री नभइ अन्तरिम सरकारको सचिवालयमा बसेर सहयोग गर्न तयार रहेको बताएकी थिइन्।
सुमना मन्त्री बन्न तयार नभएपछि जेन–जी समूहले उनलाई राजनीतिक सल्लाहकार नियुक्त गर्न प्रधानमन्त्री सुशीला कार्कीसमक्ष प्रस्ताव राखेको स्रोतले बतायो।
स्रोतले भन्यो, ‘एक सांसदको रुपमा विधेयक बनाउनेदेखि संशोधनसम्म उहाँ (सुमना)को काम देखिएकै थियो। अब उहाँले पनि फरक गर्ने भन्नुभएको छ, हामीले पनि सरकारको टीममा राख्ने प्रस्ताव गरेका छौं। अहिले नै फाइनल भइनसकेकाले थप भन्न नमिल्ला।’
निकास के त? व्यवस्था परिवर्तन कि पूर्ण पुनर्संरचना?
नागरिकता कानुन संशोधनको आवश्यकता
यूएनमा प्रधानमन्त्री बालेनको १४ मिनेटः विश्वको ध्यान तान्यो, नेपालीको मन
‘संविधानको आत्मा, अभ्यास र नागरिक अपनत्व’
प्रधानमन्त्री ‘बालेन हुन् कि रवि’ भन्नेमा कन्फूजन देखियोः सांसद विश्वकर्मा
‘मनको घाउ नदेखिए पनि पीडा गहिरो हुन्छ’
कांग्रेसभित्र सहमतिको अन्तिम अस्त्र ‘डा. शेखर’
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया