बिएल संवाददाता
राष्ट्रिय स्वतन्त्र पार्टी परित्याग गरेकी पूर्वसांसद सुमना श्रेष्ठलाई जेन–जी समूहले प्रधानमन्त्रीको राजनीतिक सल्लाहकार नियुक्त गर्न प्रस्ताव गरेको छ।
जेन–जी आन्दोलनपछि अब अन्तरिम सरकारलाई सफल बनाउनुपर्ने भन्दै पार्टी राजनीति छाडेकी सुमनालाई शिक्षामन्त्री बनाउने चर्चा चलेको थियो। तर, सुमना स्वयंले आफू मन्त्री नभइ अन्तरिम सरकारको सचिवालयमा बसेर सहयोग गर्न तयार रहेको बताएकी थिइन्।
सुमना मन्त्री बन्न तयार नभएपछि जेन–जी समूहले उनलाई राजनीतिक सल्लाहकार नियुक्त गर्न प्रधानमन्त्री सुशीला कार्कीसमक्ष प्रस्ताव राखेको स्रोतले बतायो।
स्रोतले भन्यो, ‘एक सांसदको रुपमा विधेयक बनाउनेदेखि संशोधनसम्म उहाँ (सुमना)को काम देखिएकै थियो। अब उहाँले पनि फरक गर्ने भन्नुभएको छ, हामीले पनि सरकारको टीममा राख्ने प्रस्ताव गरेका छौं। अहिले नै फाइनल भइनसकेकाले थप भन्न नमिल्ला।’
देश र प्रहरी संगठनको हितमा वरिष्ठलाई ‘आईजीपी’
स्वतन्त्रता भनेको स्वच्छन्दता र अराजकता होइन
नेपालको भविष्य: राजसंस्था र लोकतन्त्र
नेपाल र इजिप्टका जेन–जी आन्दोलन: परिवर्तनको स्वर, पराजयको चित्र
विवादमा नेपाली सेना, यस्तो छ इतिहास
अन्तरिम सरकारमाथि बालेनको ‘छायाँ शासन’
जेन–जीको नाममा नयाँ आतंक: ‘म नै राज्य हुँ’ भन्ने शैलीमा धम्की र दबाब
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया