बिएल संवाददाता
प्रधानमन्त्री सुशीला कार्कीले डा. सन्दुक रुइतसँग आफ्नो मन्त्रिपरिषदमा सहभागी हुन आग्रह गरेकी छन्।
मंगलबार तिलगंगा आँखा प्रतिष्ठानमै पुगेर प्रधानमन्त्री कार्कीले विशेष परिस्थितिमा आफूले सरकारको नेतृत्व गर्नु परेको भन्दै डा. रुइतलाई मन्त्री बन्न आग्रह गरेकी हुन्। स्रोतका अनुसार डा. रुइतलाई कार्कीले स्वास्थ्यमन्त्रीको प्रस्ताव गरेकी थिइन्।
डा. रुइतले भने आफू बिरामीकै सेवामा तल्लिन रहेकाले सरकारमा सहभागी हुन नसक्ने तर, सरकारलाई आफूले अन्य माध्यमबाट पूर्ण सहयोग गर्ने जवाफ दिएका छन्।
प्रधानमन्त्रीसँगको छलफलपछि सञ्चारकर्मीले क्याबिनेटमा आउने हो? भन्दै प्रश्न गरेका थिए। जवाफमा रुइतले भने, ‘यहाँ छोडेर आउने? यत्रो छ काम यहाँ छोडेर आउने? बिरामीलाई छाडेर आउँदैन।’
निकास के त? व्यवस्था परिवर्तन कि पूर्ण पुनर्संरचना?
नागरिकता कानुन संशोधनको आवश्यकता
यूएनमा प्रधानमन्त्री बालेनको १४ मिनेटः विश्वको ध्यान तान्यो, नेपालीको मन
‘संविधानको आत्मा, अभ्यास र नागरिक अपनत्व’
प्रधानमन्त्री ‘बालेन हुन् कि रवि’ भन्नेमा कन्फूजन देखियोः सांसद विश्वकर्मा
‘मनको घाउ नदेखिए पनि पीडा गहिरो हुन्छ’
कांग्रेसभित्र सहमतिको अन्तिम अस्त्र ‘डा. शेखर’
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया