
बिएल संवाददाता
जेन–जी विद्रोहपछि सत्तात्युत भएका निवर्तमान प्रधानमन्त्री एवं एमाले अध्यक्ष केपी ओलीमाथि पार्टीकै नेताहरू खनिन थालेका छन्। सत्ताविमुख ओलीलाई पार्टी नेतृत्वबाट पनि हटाउनु पर्ने आवाज उठ्न थालेको हो।
लामो समयदेखि ओलीको कार्यशैलीप्रति असन्तुष्टी जनाउँदै आएका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल, उपाध्यक्षहरू युवराज ज्ञवाली, सुरेन्द्र पाण्डेसहित बहुमत पदाधिकारीहरू ओलीको राजीनामाको पक्षमा उभिएका छन्।
जेन–जी आन्दोलनअघिसम्म नेतृत्वमा निर्विकल्प झैं देखिएका ओली अब पार्टीमै अल्पमतमा देखिएका छन्। उनलाई काँधमा बोकेर हिँडेका धेरै नेताहरूले ओलीले तत्काल पदबाट राजीनामा दिनुपर्ने अडान अघि सारेका छन्।
एमाले अध्यक्ष ओली यतिबेला नेपाली सेनाको ब्यारेकमा आश्रय लिएर बसेका छन्। यसैबेला पार्टीभित्र ओलीको विकल्पबारे नेताहरू खुल्न थालेका छन्। नेताहरूले ओलीकै कारण देश र पार्टी गम्भीर संकटमा फसेको निष्कर्ष निकालेका छन्।
एमाले स्रोतका अनुसार सोमबार ओलीइतरका शीर्ष नेताहरूले भर्चुअल माध्यमबाट कुराकानी गरेका छन्। छलफलमा ओलीइतरका सबै नेताहरू सहभागी थिए।
सबै नेताहरूले अध्यक्ष ओलीको चर्को आलोचना गर्दै राजीनामा मागेका छन्। जेन–जी नरसंहारपछि समाजमा बदनाम भइसकेको र सर्वाधिक आलोचित नेतृत्व बोकेर हिँड्न नसकिने उनीहरूको निष्कर्ष थियो।
‘ओली नेतृत्वको एमाले पूर्णरुपमा असफल भइसक्यो। मिसन ०८४ ले हावा खाइसक्यो। अब नेतृत्व परिवर्तन जरुरी छ’ भन्नेमा सबै नेताहरू एकमत देखिएका छन्।
नेताहरूले वरिष्ठ उपाध्यक्ष वा अन्य उपाध्यक्षहरूलाई हस्तक्षेपकारी भूमिका निभाउन आग्रह गरेका छन्। आफूहरूले पार्टीलाई नयाँ शिराबाट लैजानुपर्ने मत राखेको एमालेका एक सचविले बिएल नेपाली सेवालाई बताए।
स्थायी कमिटी सदस्य कर्ण थापाले जेन-जीमाथि दमन गरिएको घटनाको गम्भीर समीक्षा आवश्यक रहेको बताएका छन्।
‘एमाले नेतृत्वको सरकारले जेन-जीमाथि दमन गर्यो। किन गरियो, यसको समीक्षा जरुरी छ, जसले युवालाई दमन गर्यो उसैलाई बोकेर हिँड्न सकिँदैन,’ उनी भन्छन्।
अध्यक्ष ओलीले तत्काल राजीनामा दिनुपर्ने पक्षमा देखिएका छन् अर्का नेता गोकुल बास्कोटा।
एमाले काठमाडौं जिल्ला अध्यक्ष दीपक निरौला भन्छन्, ‘भ्रष्टाचार, बेथिति र तानाशाही’ प्रवृत्तिविरूद्ध बोल्नैपर्छ र अध्यक्षले राजीनामा दिनुपर्छ।’
केन्द्रीय सदस्य उषाकिरण तिम्सेना भन्छिन्, ‘पार्टी फेरी उठ्नु पर्छ, तर कसले यो स्थितिमा पुर्यायो? वस्तुगत समीक्षा गर्न पर्दछ। पुनर्संरचना गर्नुपर्छ।’
जेन–जी विद्रोहले पुराना पार्टी र तिनको नेतृत्वको औचित्य सकिएको पुष्टि गरेको छ। पुराना दलमा पार्टी पुनर्गठनको बहस चलिरहेको छ। सँगै केपी शर्मा ओलीको नेतृत्वलाई पनि युवा पुस्ताले अस्वीकार गरेको छ।
राजनीतिक वृत्तमै एमालेको विकल्पबारे चर्चा भइरहँदा पनि केही नेताहरू भने अझै पनि ओलीलाई नै बोकेर हिँड्न तयार छन्। महासचिव शंकर पोखरेल ओलीकै बचाउमा लागेका छन्। नेता महेश बस्नेतको नेतृत्वमा उपत्यकामा एमाले नेताहरू सक्रिय हुन थालेका छन्।
नेपाली राजनीतिमा उमेर र अनुभवको रंगमञ्च: भीमसेन थापादेखि सुशीला कार्कीसम्म
सभापति देउवा संस्थापन समूहकै ‘घेराबन्दी’मा
गृहमन्त्री होइन प्रधानमन्त्री राजीनामा देऊ
प्राकृतिक सुन्दरतासँग रमाउदै छायाँनाथ यात्रा (भाग- २)
शान्त प्रदीप्त चेतनको आगोः साधना अधिकारी (प्रधान)
देउवाका विश्वासपात्रहरू पुनः सभापति हुन उक्साउँदै
प्राकृतिक सुन्दरतासँग रमाउदै छायाँनाथ यात्रा
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया