बिएल संवाददाता
निवर्तमान प्रधानमन्त्री एवं नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली सैनिक ब्यारेकबाट फर्किएका छन्।
जेन–जी आन्दोलनका क्रममा प्रदर्शनकारीले सरकारी निवास बालुवाटार घेराउ गरेपछि प्रधानमन्त्री पदबाट राजीनामा दिएका थिए। राजीनामा लगत्तै ओलीलाई सेनाको हेलिकप्टरमार्फत शिवपुरीस्थित सेनाको ब्यारेकमा सारिएको थियो।
गत २४ भदौदेखि सैनिक ब्यारेकमा आश्रय लिएका ओली आज बाहिर निस्केका हुन्। ओली भक्तपुरको गुण्डुमा डेरा सरेका छन्।
बालकोटको घर प्रदर्शनका क्रममा जलाइएपछि ओली बेघर छन्। उनलाई एमाले पोलिब्युरो सदस्य महेश बस्नेतले आफ्नै निवास नजिकै डेराको प्रवन्ध गरेका हुन्।
ओलीलाई स्वागत गर्न एमाले महासचिव शंकर पोखरेल र उनी पत्नी तथा एमाले पोलिटव्यूरो सदस्य सुजिता शाक्य, राष्ट्रिय युवा संघ नेपालका उपाध्यक्ष महराज गुरुङ, किरण पौडेललगायत नेताहरू गुण्डु पुगेका थिए।
बस्नेतले ओलीलाई भव्य कार्यक्रममार्फत् सार्वजनिक गर्ने तयारी गरेका छन्।
निकास के त? व्यवस्था परिवर्तन कि पूर्ण पुनर्संरचना?
नागरिकता कानुन संशोधनको आवश्यकता
यूएनमा प्रधानमन्त्री बालेनको १४ मिनेटः विश्वको ध्यान तान्यो, नेपालीको मन
‘संविधानको आत्मा, अभ्यास र नागरिक अपनत्व’
प्रधानमन्त्री ‘बालेन हुन् कि रवि’ भन्नेमा कन्फूजन देखियोः सांसद विश्वकर्मा
‘मनको घाउ नदेखिए पनि पीडा गहिरो हुन्छ’
कांग्रेसभित्र सहमतिको अन्तिम अस्त्र ‘डा. शेखर’
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया