बिएल संवाददाता
कर्णाली प्रदेशका मुख्यमन्त्री एवम् नेकपा एमाले स्थायी कमिटी सदस्य यामलाल कँडेलले देशको सार्वभौमसत्ता र भौगोलिक अखण्डता जोगाउने अडानकै कारण सरकार ढालिएको बताएका छन्।
उनले चीन भ्रमणका क्रममा कालापानी, लिपुलेक र लिम्पियाधुरालाई नेपालको भूमि भएको स्पष्ट रूपमा उठाएपछि सत्तामा आँच आएको उल्लेख गरे।
शनिबार राष्ट्रिय युवा संघ नेपाल तथा अनेरास्ववियुसँग सुर्खेतमा आयोजित अन्तर्क्रिया कार्यक्रममा बोल्दै मुख्यमन्त्री कँडेलले भने, ‘चुच्चे नक्सामा देखिएको भूमि नेपालको हो भन्ने सत्य दावी गर्दा जेन-जी पुस्ताको नाम प्रयोग गरी आन्दोलन गराइयो र त्यसकै परिणामस्वरूप सरकार ढालियो।’
उनले राष्ट्रहितको पक्षमा उभिनु अपराध नभई गौरवको विषय भएको उल्लेख गर्दै युवा पुस्ताले यस विषयलाई निरन्तर उठाइरहनुपर्नेमा जोड दिए।
‘देशको माटो बचाउन उठेका कदमलाई कमजोरीका रूपमा चित्रण गरेर सत्ता ढालिएको हो, तर इतिहासले यस्ता राष्ट्रवादी अडानलाई कहिल्यै नकार्दैन,’ कँडेलको भनाइ थियो।
मुख्यमन्त्री कँडेलले वर्तमान अवस्थामा जेन–जी पुस्तालाई प्रगतिशील रूपमा संगठित गर्नुपर्ने आवश्यकता औंल्याए। उनले युवा संगठन र विद्यार्थी संगठनलाई मिलेर समाजलाई सकारात्मक दिशामा लैजान आह्वान गर्दै भने, ‘हामी निर्माण गर्ने पुस्ता हौं, दर्शक बन्ने होइनौं। भ्रष्टाचारको विरुद्ध आवाज उठाउने, राष्ट्रको पक्षमा बोल्ने, र समाजलाई अनुशासित बनाउने जिम्मेवारी युवामाथि छ।’
उनले गुटबन्दी, विभाजन र स्वार्थी राजनीति गर्दा पार्टी मात्र कमजोर नभई राष्ट्रसमेत कमजोर हुने चेतावनी दिए। कार्यक्रममा नेकपा एमाले प्रदेश कमिटी अध्यक्ष सुर्खेत जिल्ला अध्यक्ष र युवाहरूको सहभागीता थियो।
निकास के त? व्यवस्था परिवर्तन कि पूर्ण पुनर्संरचना?
नागरिकता कानुन संशोधनको आवश्यकता
यूएनमा प्रधानमन्त्री बालेनको १४ मिनेटः विश्वको ध्यान तान्यो, नेपालीको मन
‘संविधानको आत्मा, अभ्यास र नागरिक अपनत्व’
प्रधानमन्त्री ‘बालेन हुन् कि रवि’ भन्नेमा कन्फूजन देखियोः सांसद विश्वकर्मा
‘मनको घाउ नदेखिए पनि पीडा गहिरो हुन्छ’
कांग्रेसभित्र सहमतिको अन्तिम अस्त्र ‘डा. शेखर’
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया