बिएल संवाददाता
सरकारले नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो ‘सीआईबी’ प्रमुखमा प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) मनोज केसीलाई सरुवा गरेको छ।
आइतबार बसेको मन्त्रिपरिषद् बैठकले नक्कली भुटानी शरणार्थी प्रकरणको अनुसन्धान अघि बढाएका केसीलाई सीआईबीको जिम्मेवारी दिएको हो।
केसी नेतृत्वको अपराध अनुसन्धान कार्यालयले १२ चैत २०७९ मा नेपालीलाई नक्कली भुटानी शरणार्थी बनाएर अमेरिका पठाउने गिरोहका मोरङका केशव दुलाल, ललितपुरका सानु भण्डारी र पाँचथरका टेक गुरुङलाई पक्राउ गरेको थियो। उनी नेतृत्वको टोलीले पूर्वगृहमन्त्री बालकृष्ण खाँणलाई समेत पक्राउ गरेको थियो।
भुटानी शरणार्थी प्रकरणमा शीर्ष नेताहरू र गृहमन्त्रालयका कर्मचारीहरूको समेत कनेक्सन खुलेको थियो।
तत्कालीन सत्ता गठबन्धनमा रहेको नेपाली कांग्रेसका दबाबका कारण केसी जिम्मेवारीबाट हटाइएका थिए। त्यसयता उनलाई राम्रो पोस्टमा बाइपास गरिँदै आएको थियो। हाल उनी प्रदेश समन्वय विभागमा थिए।
आमाको मुख हेर्ने दिनः स्वर्गवासी आमाको सम्झना
अदालतको निर्णयपछि एक हुन्छ कांग्रेस?
‘समस्या नेता मात्र होइन, नागरिक संस्कार पनि हो’
बालेन सरकारबाट जनतामा संशय पैदा हुने काम नहोस्
को हुन् नवनियुक्त महान्यायाधिवक्ता डा. कँडेल?
पूर्वमन्त्रीहरू र कर्मचारीको घरमा सुसारेका रुपमा कार्यरत बर्दिधारीलाई फिर्ता बोलाउन माग
श्यामूलले छिचोलेको ‘नशा’को त्यो पहाड (भिडियाेसहित)
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया