बिएल संवाददाता
सरकारले नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो ‘सीआईबी’ प्रमुखमा प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) मनोज केसीलाई सरुवा गरेको छ।
आइतबार बसेको मन्त्रिपरिषद् बैठकले नक्कली भुटानी शरणार्थी प्रकरणको अनुसन्धान अघि बढाएका केसीलाई सीआईबीको जिम्मेवारी दिएको हो।
केसी नेतृत्वको अपराध अनुसन्धान कार्यालयले १२ चैत २०७९ मा नेपालीलाई नक्कली भुटानी शरणार्थी बनाएर अमेरिका पठाउने गिरोहका मोरङका केशव दुलाल, ललितपुरका सानु भण्डारी र पाँचथरका टेक गुरुङलाई पक्राउ गरेको थियो। उनी नेतृत्वको टोलीले पूर्वगृहमन्त्री बालकृष्ण खाँणलाई समेत पक्राउ गरेको थियो।
भुटानी शरणार्थी प्रकरणमा शीर्ष नेताहरू र गृहमन्त्रालयका कर्मचारीहरूको समेत कनेक्सन खुलेको थियो।
तत्कालीन सत्ता गठबन्धनमा रहेको नेपाली कांग्रेसका दबाबका कारण केसी जिम्मेवारीबाट हटाइएका थिए। त्यसयता उनलाई राम्रो पोस्टमा बाइपास गरिँदै आएको थियो। हाल उनी प्रदेश समन्वय विभागमा थिए।
देश र प्रहरी संगठनको हितमा वरिष्ठलाई ‘आईजीपी’
स्वतन्त्रता भनेको स्वच्छन्दता र अराजकता होइन
नेपालको भविष्य: राजसंस्था र लोकतन्त्र
नेपाल र इजिप्टका जेन–जी आन्दोलन: परिवर्तनको स्वर, पराजयको चित्र
विवादमा नेपाली सेना, यस्तो छ इतिहास
अन्तरिम सरकारमाथि बालेनको ‘छायाँ शासन’
जेन–जीको नाममा नयाँ आतंक: ‘म नै राज्य हुँ’ भन्ने शैलीमा धम्की र दबाब
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया