बिएल संवाददाता
सुशीला कार्की नेतृत्वको अन्तरिम सरकारमा स्वास्थ्यमन्त्री सिफारिस डा. संगीता मिश्राको नियुक्ति रोकिएको छ। मिश्रा मन्त्रीमा अयोग्य रहेको दाबीपछि कार्कीले उनको नाम होल्डमा राखेकी हुन्।
भारतमा जन्मिएकी मिश्रा वैवाहिक अंगिकृत नेपाली नागरिक हुन्। यद्यपि अंगिकृत नागरिकता नै उनको मन्त्रीमा अयोग्यताको कारक भने होइन। उनीमाथि भ्रष्टाचारको आरोपमा अनुसन्धान भइरहेकाले सुशीला सरकारले उनको नाम होल्डमा राखेको हो।
स्वास्थ्य मन्त्रालयकी १२औं तहकी अतिरिक्त सचिव रहेकी मिश्रामाथि तत्कालिन स्वास्थ्यमन्त्री मोहन बस्नेतको कार्यकालमा स्वास्थ्य सेवा विभागको प्रमुख रहँदा स्वास्थ्य उपकरण खरिदमा आपूर्तिकर्तासँगको मिलेमतोमा काम गरेको आरोप छ।
उनको मुद्धामा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले अनुसन्धान गरिरहेको छ। त्यस्तै उनीमाथि कीर्ते डकुमेन्ट पेश गरेर बढुवा लिएको आरोप पनि छ।
भ्रष्टाचार विरोधी आन्दोलनको बलमा प्रधानमन्त्री बनेकी सुशीला कार्कीमाथि अख्तियारले नै छानबिन गरिरहेको व्यक्तिलाई मन्त्री नबनाउन दवाब बढेपछि उनले मिश्राको नाम हटाउन लागेकी छन्।
मिश्राले मन्त्री बन्ने निश्चित भएलगत्तै आइतबार नै अतिरिक्त सचिवबाट राजीनामा दिएकी थिइन्। उनको नाम आइतबार नै राष्ट्रपति कार्यालय पठाइसकिएको थियो।
निकास के त? व्यवस्था परिवर्तन कि पूर्ण पुनर्संरचना?
नागरिकता कानुन संशोधनको आवश्यकता
यूएनमा प्रधानमन्त्री बालेनको १४ मिनेटः विश्वको ध्यान तान्यो, नेपालीको मन
‘संविधानको आत्मा, अभ्यास र नागरिक अपनत्व’
प्रधानमन्त्री ‘बालेन हुन् कि रवि’ भन्नेमा कन्फूजन देखियोः सांसद विश्वकर्मा
‘मनको घाउ नदेखिए पनि पीडा गहिरो हुन्छ’
कांग्रेसभित्र सहमतिको अन्तिम अस्त्र ‘डा. शेखर’
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया