बिएल संवाददाता
सरकारले जेन–जी आन्दोलनमा दमनकारी भूमिका खेलेको आरोप लागेका गृहसचिव गोकर्णमणि दुवाडीलाई हटाएको छ।
प्रधानमन्त्री कार्यालय स्रोतका अनुसार दुवाडीलाई योजना आयोगको सचिवालयमा सरुवा गरेर रक्षासचिव रामेश्वर दंगाललाई गृहसचिवको जिम्मेवारी तोकिको छ।
गत मन्त्रिपरिषद बैठकले सो निर्णय गरेको खुलेको छ। निर्णय आज र भोलिमा कार्यान्वयन हुने स्रोतले बतायो।
दुवाडीको नाम यसअघि भिजिट भिसा प्रकरणमा पनि मुछिएको थियो। तत्कालिन गृहमन्त्री रमेश लेखकको आडमा दुवाडी आर्थिक अनियमिततामा सक्रिय रहेको आरोप लाग्ने गरेको छ।
जेन-जी विद्रोहको बलमा बनेको अन्तरिम सरकारले दुवाडीलाई गृहसचिवबाट हटाएको हो। अब दुवाडीलाई जेन–जी आन्दोलनमा दमन र भिजिट भिसा प्रकरणमा छानबिन गर्नुपर्ने जेन–जी नेताहरूको माग छ।
त्यस्तै अब कुलिङ पिरियड जस्ता प्रकरणमा मुछिएका मुख्यसचिव एकनारायण अर्याललाई पनि छानबिनको दायरामा ल्याएर पदमुक्त गर्नुपर्ने जेन–जीको माग छ।
देश र प्रहरी संगठनको हितमा वरिष्ठलाई ‘आईजीपी’
स्वतन्त्रता भनेको स्वच्छन्दता र अराजकता होइन
नेपालको भविष्य: राजसंस्था र लोकतन्त्र
नेपाल र इजिप्टका जेन–जी आन्दोलन: परिवर्तनको स्वर, पराजयको चित्र
विवादमा नेपाली सेना, यस्तो छ इतिहास
अन्तरिम सरकारमाथि बालेनको ‘छायाँ शासन’
जेन–जीको नाममा नयाँ आतंक: ‘म नै राज्य हुँ’ भन्ने शैलीमा धम्की र दबाब
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया