बिएल संवाददाता
मेडिकल व्यवसायी दुर्गा प्रसाईंले जेन–जीहरूको आन्दोलन पश्चिमाहरूको खेल रहेको बताएका छन्।
मंगलबार पत्रकार सम्मेलन गर्दै उनले आन्दोलन युवाहरुलाई उचालेर मार्ने पश्चिमाहरुको खेल रहेको दाबी गरेका हुन्।
उनले भने, ‘हिजो हामीले उठाएका मुद्दाहरु जेन–जीका बच्चाहरूले उठाउँदा सहयोग गर्नुपर्छ भनेर मैंले एउटा पोष्ट गरें। यो भष्टाचारविरुद्धको आन्दोलन, तस्कर लखेट्ने आन्दोलन भएको कारण म आफैं सरिक हुन्छु भनेर पवित्र मनले स्टाटस लेखें। त्यसको दुई घण्टापछि महानगरका प्रमुख बालेनजीको स्टाटस आयो। कस्तो आयो भने आन्दोलन २८ वर्ष मुनिको हो २८ वर्ष माथिका जानै हुँदैन।’
उनले थपे, ‘कुनै राजनीतिक दल पनि जाने होइन, अभियन्ता पनि जाने होइन भनेर लेखेपछि त्यतिखेरै मेरो टिमलाई यो खेल पश्चिमाहरूको खेल हो है भनेको थिए। त्यो अब प्रष्ट भयो। बच्चाहरू उचालेर मर्ने काम हुँदैछ भनेर टिमसँग सल्लाह गरें।’
उनले आन्दोलन सुरु भएपछि बर्बरतापूर्वक दमन हुँदा रमिते मात्रै हुनुपरेको भन्दै आन्दोलनसँगै नेपालमा विदेशी हस्तक्षेप बढेको बताए।
‘आन्दोलन सुरु भएपछि बर्बरतापूर्वक दमन गरियो। कलिला बच्चाहरूको त्यो आन्दोलनको नेतृत्व गर्ने कोही भएन। हामी रमिते मात्र भयौं। भोलिपल्ट सबै भत्काउन मात्रै लागे। सिंहदरबारमा आगो लगाउन थाले। सर्वोच्च अदालतमा आगो लाग्यो। यो त हुँदै नहुने कुरा भयो। हामी पनि छक्क पर्यौं।’
उनले अहिले बनेको सरकार जेन-जीको सरकार नभई विभिन्न विदेशी फाउन्डेसनको सरकार रहेको बताए।
उनले भने, ‘अहिले बनेको सरकार जेन-जीको सरकार होइन जेन-जीलाई हाइज्याक गरेर बारबरा फाउन्डेसन र समता फाउन्डेसनका सुकिलामुकिला मन्त्री बनेका छन्।’
प्रसाईंले नेपाललाई वैदिक सनातन हिन्दु राष्ट्र बनाउनुपर्ने धारणा राख्दै दशैंपछि हिन्दु अधिराज्यको माग राखेर आन्दोलन गर्ने बताए।
‘हामी दशैं, तिहार र छठपछि यो देशमा हिन्दु राष्ट्र र वैदिक सनातन धर्म सापेक्ष किराँत, बौद्धसहितको हिन्दु अधिराज्य कायमको माग राखेर आन्दोलन गर्छौं,’ पत्रकार सम्मेलनमा उनले भने, ‘पुनर्स्थापना नभएसम्म आन्दोलन रोकिँदैन।’
निकास के त? व्यवस्था परिवर्तन कि पूर्ण पुनर्संरचना?
नागरिकता कानुन संशोधनको आवश्यकता
यूएनमा प्रधानमन्त्री बालेनको १४ मिनेटः विश्वको ध्यान तान्यो, नेपालीको मन
‘संविधानको आत्मा, अभ्यास र नागरिक अपनत्व’
प्रधानमन्त्री ‘बालेन हुन् कि रवि’ भन्नेमा कन्फूजन देखियोः सांसद विश्वकर्मा
‘मनको घाउ नदेखिए पनि पीडा गहिरो हुन्छ’
कांग्रेसभित्र सहमतिको अन्तिम अस्त्र ‘डा. शेखर’
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया