बिएल संवाददाता
नेपाल समाजवादी पार्टी (नयाँ शक्ति)का अध्यक्ष डा. बाबुराम भट्टराईले अध्यक्ष पदबाट राजीनामा दिएका छन्।
बुधबार काठमाडौंमा बसेको केन्द्रीय समितिको विशेष विस्तारित बैठकमा अध्यक्ष भट्टराईले पदत्याग गर्ने प्रस्ताव पेस गरेका हुन्। पार्टी उपाध्यक्ष मानुषी यमी भट्टराईले अध्यक्ष बाबुराम भट्टराईले पद त्याग्ने प्रस्ताव गरेको बताइन्।
बैठकले केन्द्रीय समिति भंग गरेर फागुनमा विशेष महाधिवेशनमा जाने निर्णय गरेको छ भने, महाधिवेशनका लागि आयोजक कमिटी पनि गठन गरिएको छ।
आयोजक कमिटीको संयोजक वरिष्ठ उपाध्यक्ष दुर्गा सोबलाई बनाइएको छ।
जेन–जी आन्दोलनको पुस्तान्तरणको मर्मबमोजिम बाबुरामले अध्यक्ष पद त्यागेर ठूला दलका नेताहरूलाई नैतिकताको चुनौती दिएका छन्।
कांग्रेस, एमाले, माओवादी केन्द्रलगायत दलहरूमा पुस्तान्तरणको माग उठिरहेको छ। यद्यपि तीनै दलका अध्यक्षहरू पुस्तान्तरणका लागि तयार देखिएका छैनन्।
निकास के त? व्यवस्था परिवर्तन कि पूर्ण पुनर्संरचना?
नागरिकता कानुन संशोधनको आवश्यकता
यूएनमा प्रधानमन्त्री बालेनको १४ मिनेटः विश्वको ध्यान तान्यो, नेपालीको मन
‘संविधानको आत्मा, अभ्यास र नागरिक अपनत्व’
प्रधानमन्त्री ‘बालेन हुन् कि रवि’ भन्नेमा कन्फूजन देखियोः सांसद विश्वकर्मा
‘मनको घाउ नदेखिए पनि पीडा गहिरो हुन्छ’
कांग्रेसभित्र सहमतिको अन्तिम अस्त्र ‘डा. शेखर’
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया