बिएल संवाददाता
काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाह(बालेन)ले प्रधानमन्त्री सुशीला कार्कीसँग भेट गरेका छन्।
बुधबार बिहान ९ बजे प्रधानमन्त्री निवास बालुवाटार पुगेर उनले कार्कीसँग आधा घण्टा अनौपचारिक भेटवार्ता गरेको बालुवाटार स्रोतले बतायो।
स्रोतका अनुसार बालेनले जेन–जी आन्दोलनको माग अनुसार काम गर्न प्रधानमन्त्रीको ध्यानाकर्षण गराएका छन्।
प्रधानमन्त्रीले जेन-जीको मागमा आफू प्रतिवद्ध रहेको र उनले निर्वाचन र सुशासनलाई केन्द्रमा राखेर काम गर्ने प्रतिवद्धता जनाइन्।
स्रोतका अनुसार छलफलमा प्रधानमन्त्रीको सचिवालय सदस्यहरू र श्रीमान दुर्गा सुवेदी पनि थिए, भने बालेनको तर्फबाट सहयोगी कुमार बेनसहितको टोली थियो।
त्यस्तै बालेनले भेटमा जेन–जी आन्दोलनमा प्रदर्शनमाथि गोली चलाउने र त्यसका लागि आदेश दिनेहरूमाथि कारबाही नभएकामा असन्तुष्टी जनाएका थिए। सरकार गठन भएको यतिका दिनसम्म गोली चलाउने र आदेश दिनेहरू पक्राउ नपरेकामा उनको प्रश्न थियो।
यतिका दिनसम्म गोली चलाउनेहरू र आदेश दिनेहरू कहाँ छन्? अहिलेसम्म उनीहरूलाई किन पक्राउ गरिएन? पीडित परिवारहरूले प्रश्न उठाइरहेका छन्। तत्काल कारबाही नभए असन्तोष बढ्दै जानेतर्फ सचेत हनुपर्छ।’
प्रधानमन्त्री कार्कीले आफू यस विषयमा गम्भीरताका साथ काम गरिरहेको र
अत्याचार गर्ने, शक्तिको दुरुपयोग गर्ने कसैले उन्मुक्ति नदिइने प्रतिवद्धता जनाएको बालेननिकट स्रोतले भन्यो।
बालेन सरकारको १०० दिनः सुशासन र शासकीय सुधारका दृष्टिकोणले पूर्ण असफल
मनको ऐना
भूपदेवको भूमिकाबाट सन्तुष्ट छैनन् बालेन, महामन्त्रीमा विकल्प खोज्दै!
अझै पनि सपना जस्तै लाग्छः बाबाको सम्झना
एनटीभीको स्याटेलाइट लिंक खरिद प्रकरणः पीएसबीका पूर्वअध्यक्ष विष्टलाई मुख्य दोषी ठहर गर्दै प्रतिवेदन तयार!
पासपोर्ट खरिदमा अनियमितता प्रकरणः ठेक्का टुक्राउन तत्कालीन प्रधानमन्त्री ओलीकै निर्देशन!
अकबरे खुर्सानीले फेरिएको भोजपुर: रित्तिएका गाउँमा फर्किएको जीवन
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया