बिएल संवाददाता
पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले राजनीतिमा नयाँ पुस्तालाई प्रोत्साहन गर्न पुराना राजनीतिक दलहरू सच्चिनुपर्ने बताएका छन्।
बिहीबार पत्रकार सम्मेलन गर्दै उनले वैकल्पिक राजनीतिक अभियन्ताहरूले नेतृत्वकारुपमा नयाँ पुस्तालाई अगाडि सार्नुपर्ने भन्दै पूराना राजनीतिक दलहरू कि सच्चिनुपर्ने कि सक्किनुपर्ने बताएका हुन्।
उनले भने, ‘नयाँ पुस्तालाई प्रोत्साहत गर्न पूराना दलहरू सबैले आफूलाई रुपान्तरण गर्नुपर्छ। एउटा भनाई छ– स्थापित भएपछि की सच्चिनुपर्छ की सकिनुपर्छ भन्ने छ। त्यसकारण हाम्रो वैकल्पिक राजनीतिक अभियन्ताहरूले पनि आफ्ना समूहहरू, पार्टीहरू छन् त्यहाँ सकेसम्म नयाँ पुस्तालाई अगाडि सार्ने प्रयत्न गर्नुपर्छ।’
डा. भट्टराईले राजनीतिमा नव युवकहरूले ढोका ढकढकाइसकेपछि आफूले पद त्यागेको स्पष्ट पार्दै उनले भने, ‘मैले किन पद त्याग गरें भने नैतिक हिसाबले पनि नव युवकहरूले ढोका ढकढकाइसके र नातिनातिना पुस्ता अगाडि आइसके। उनीहरूलाई प्रोत्साहन दिनुपर्छ। उनीहरूले नेतृत्व गर्नुपर्छ भनेर बाटो क्लियर गरेको हुँ।’
उनले जेन-जी आन्दोलनले धनजनको क्षतिका बावजुत पनि नयाँपुस्ता यस क्षेत्रमा आउनु यसको ऐतिहासिक एवम सकारात्मक पक्ष रहेको बताए।
निकास के त? व्यवस्था परिवर्तन कि पूर्ण पुनर्संरचना?
नागरिकता कानुन संशोधनको आवश्यकता
यूएनमा प्रधानमन्त्री बालेनको १४ मिनेटः विश्वको ध्यान तान्यो, नेपालीको मन
‘संविधानको आत्मा, अभ्यास र नागरिक अपनत्व’
प्रधानमन्त्री ‘बालेन हुन् कि रवि’ भन्नेमा कन्फूजन देखियोः सांसद विश्वकर्मा
‘मनको घाउ नदेखिए पनि पीडा गहिरो हुन्छ’
कांग्रेसभित्र सहमतिको अन्तिम अस्त्र ‘डा. शेखर’
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया