बिएल संवाददाता
पूर्व प्रधानमन्त्री डा. बाबुराम भट्टराईले प्रत्यक्ष निर्वाचित कार्यकारी प्रणाली नभएसम्म देशमा राजनीतिक स्थिरता नहुने बताएका छन्।
बिहीबार आयोजित पत्रकार सम्मेलनका बोल्दै उनले राजनीतिक लोकतान्त्रिक स्थिरताको लागि प्रत्यक्ष निर्वाचित कार्यकारी प्रणालीमा जानुपर्ने बताएका हुन्।
देशमा स्थिरता नभएसम्म सुशासन र समृद्धि नहुने उल्लेख गर्दै भने, ‘लोकतान्त्रिक स्थिरताको निम्ति शासकीय प्रणालीमा समय अनुसार सुधार गर्नैपर्छ। त्यो भनेको प्रत्यक्ष निर्वाचित राष्ट्रपति प्रणाली नै हो। प्रधानमन्त्री भन्ने वहस पनि छ तर प्रत्यक्ष निर्वाचित कार्यकारी प्रणालीमा नगएसम्म देशमा राजनीतिक स्थिरता हुँदैन,’ उनले भने, ‘नत्र यिनै भ्रष्ट्रहरू विभिन्न ढङगले चलखेल गरी फेरी सत्तामा आउने र तपाईंहरूको बलिदान खेर जाने खतरा रहन्छ।’
डा. भट्टराईले निर्वाचन गर्नुपूर्व नै व्यवस्थामा केही सुधार हुनपर्ने भन्दै निर्वाचन प्रणालीमा नै त्रुटी रहेको धारणा राखे।
‘अहिले हामीले व्यवस्था नै बदल्न खोजेको त हैन तर व्यवस्थामा केही महत्वपूर्ण सुधार गरेर जुन यस्ता भ्रष्ट्रहरू त्यहाबाट जन्मिए फेरी भ्रष्ट्रहरू जन्मन नपाउन् र तपाईंहरू आफैं त्यो सत्ताले भ्रष्ट नपावस् भन्नको निम्ति केही सुधार गरेर मात्र निर्वाचनमा जानुपर्छ,’ उनले भने, ‘खासगरी निर्वाचन प्रणालीका जुन त्रुटी छ मैले संविधान बनाउने बेला यो संविधान आधा गिलास भरी, आधा खाली छ भनेको थिएँ। किनकी यसको शासकीय त्रुटी छ त्यसले गर्दा कसैलाई बहुमत ल्याउन दिँदैन। कुनैपनि सरकार पाचँ वर्ष टिक्न दिदैन।’
उनले सरकारसँग वार्ता गरेर निर्वाचन हुनु अगाडि नै भ्रष्ट्रचारीहरूलाई कारबाही गर्न छानबिन आयोग बनाउनुपर्ने बताए।
बालेन सरकारको १०० दिनः सुशासन र शासकीय सुधारका दृष्टिकोणले पूर्ण असफल
मनको ऐना
भूपदेवको भूमिकाबाट सन्तुष्ट छैनन् बालेन, महामन्त्रीमा विकल्प खोज्दै!
अझै पनि सपना जस्तै लाग्छः बाबाको सम्झना
एनटीभीको स्याटेलाइट लिंक खरिद प्रकरणः पीएसबीका पूर्वअध्यक्ष विष्टलाई मुख्य दोषी ठहर गर्दै प्रतिवेदन तयार!
पासपोर्ट खरिदमा अनियमितता प्रकरणः ठेक्का टुक्राउन तत्कालीन प्रधानमन्त्री ओलीकै निर्देशन!
अकबरे खुर्सानीले फेरिएको भोजपुर: रित्तिएका गाउँमा फर्किएको जीवन
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया