बिएल संवाददाता
नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले जेन-जी आन्दोलनपछि देश झनै अन्यौलको अवस्थामा फसेको र पुराना दलका नेताहरूलाई भ्रष्टाचारको बहानामा जेल हाल्ने षडयन्त्र भइरहेको आशंका व्यक्त गरेका छन्।
केन्द्रीय समिति बैठकमा पेश गरेको राजनीतिक प्रतिवेदनमा अध्यक्ष प्रचण्डले अन्तरिम सरकारको आडमा देशमा विभिन्न बहानामा अराजकता मच्चाएर प्रतिगामी शक्ति हाबी गराउने र संविधान नै मास्ने खेल भइरहेको आशंका गरेका छन्।
उनले परिस्थितिलाई थप बिग्रन नदिन फागुन २१ गतेको चुनाव जसरी पनि गराउन सबै लाग्नुपर्ने बताए।
प्रचण्डको प्रतिवेदनमा भनिएको छ- ‘जेनजी आन्दोलनपछि गैरदलीय सरकार बने पनि हाम्रा उपलब्धिहरू माथिको संकट भने टरेको छैन। विभिन्न बहानामा अराजकता फैलाउने, संविधान खारेज गर्ने, अन्तरिम संविधान जारी गर्ने, लोकतान्त्रिक दलका नेता तथा कार्यकर्ताहरूलाई भ्रष्टाचार छानबिनका नाममा जेल हाल्ने, लोकतान्त्रिक राजनीतिक दलहरूलाई प्रतिबन्ध लगाउने र आफू अनुकूल निर्वाचन र परिणामबाट आफ्नो कठ्पुतली पात्रमार्फत् स्वार्थसिद्ध गर्ने प्रतिगामी तथा प्रतिक्रियावादी चलखेलहरू बाँकी नै रहेका छन्। यो सबै परिस्थितिलाई गम्भीरतापूर्वक समीक्षा गरी आगामी फागुन २१ मा निर्वाचन सम्पन्न हुने वातावरण बनाउन जोड दिनुपर्छ।
निकास के त? व्यवस्था परिवर्तन कि पूर्ण पुनर्संरचना?
नागरिकता कानुन संशोधनको आवश्यकता
यूएनमा प्रधानमन्त्री बालेनको १४ मिनेटः विश्वको ध्यान तान्यो, नेपालीको मन
‘संविधानको आत्मा, अभ्यास र नागरिक अपनत्व’
प्रधानमन्त्री ‘बालेन हुन् कि रवि’ भन्नेमा कन्फूजन देखियोः सांसद विश्वकर्मा
‘मनको घाउ नदेखिए पनि पीडा गहिरो हुन्छ’
कांग्रेसभित्र सहमतिको अन्तिम अस्त्र ‘डा. शेखर’
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया