बिएल संवाददाता
सरकारले जेन–जी आन्दोलनमा दमनमा संलग्न रहेका र भ्रष्टाचार एवं सम्पत्ति शुद्धीकरणको अनुसन्धानको दायरामा रहेका नेताहरूको राहदानी (पासपोर्ट) रोक्का गर्ने तयारी गरेको छ।
सुशीला कार्की नेतृत्वको अन्तरिम सरकारले कांग्रेस, नेकपा एमाले, माओवादी (केन्द्र) लगायत दलका शीर्ष नेताहरूको राहदानी रोक्का गर्ने प्रक्रिया अघि बढाएको हो।
निवर्तमान प्रधानमन्त्री एवं एमाले अध्यक्ष केपी ओली, गृहमन्त्री रमेश लेखक, कांग्रेस सभापति शेरबहादुर देउवा र पत्नी आरजु राणा, माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड लगायत शीर्ष नेताहरूको पासपोर्ट रोक्का गर्ने तयारी गरिएको मन्त्रिपरिषद स्रोतले बतायो।
प्रहरी उच्च स्रोतका अनुसार देउवा दम्पती उपचारको बहानामा थाइल्याण्ड उड्न लागेको सुइँको पाएपछि राहदानी रोक्का प्रक्रिया अघि बढाइएको हो।
स्रोतका अनुसार देउवा दम्पतीले नयाँ पासपोर्ट समेत बनाइसकेको पाइएको छ। सुन्दरीजलस्थित आर्मीको स्टाफ कलेजमा उपचाररत देउवा दम्पतीलाई सेनाले भोलि शुक्रबार घर पठाउने तयारी गरेको बुझिएको छ।
त्यसपछि उनीहरू उपचारका लागि थाइल्याण्ड जाने तयारीमा रहेको बुझिएको छ।
स्रोतका अनुसार अहिलेसम्म कुनै शीर्ष नेताको पासपोर्ट रोक्काको ठोस निर्णय भइसकेको छैन। केही शीर्ष नेताका राहदानी रोक्काबारे गत मंगलबार अध्यागमन विभाग, राहदानी विभागसँग छलफल सरकारले छलफल गरेको थियो।
पासपोर्ट रोक्काको लागि ठोस प्रमाण आवश्यक पर्ने हुनाले सरकारले अनुसन्धान अघि बढाएको पत्र पठाएर पासपोर्ट रोक्काको प्रक्रिया अघि बढाउन लागिएको हो।
प्रक्रिया अन्तिम चरणमा पुगिसकेको र सरकारको पत्र आउने वित्तिकै पासपोर्ट रोक्का गरिने राहदानी विभाग स्रोतले बतायो।
सरकारले बिहीबारबाट जेन–जी आन्दोलनमा दमन र हिंसात्मक गतिविधिको अनुसन्धान सुरु गरेको गौरीबहादुर कार्की नेतृत्वको जाँचबुझ आयोगका पदाधिकारीहरूसँग पनि परामर्श गर्ने तयारी गरेको छ।
यता सम्पत्ति शुद्धीकरण विभागले केही नेताहरूमाथि अनुसन्धान थालिसकेको छ। कांग्रेस सभापति शेरबहादुर देउवा, निवर्तमान उर्जामन्त्री दीपक खड्का, माओवादी अध्यक्ष प्रचण्डसहित केही नेताको घरमा पुगेर मुचुल्का उठाएको छ।
जेन–जी आन्दोलनपछि नेताहरूको निवासमा आगलागी हुँदा घरका गोप्य कोठामा थुपारिएका नेपाली र विदेशी मुद्राहरू जलेको र प्रदर्शनकारीले हावामा उडाउँदै गरेको देखिएको थियो।
अनुसन्धान अघि बढाइसकिएका नेताहरूको विवरण विभागमा पठाउने र पासपोर्ट रोक्का गरिने तयारी रहेको स्रोतले बतायो।
निकास के त? व्यवस्था परिवर्तन कि पूर्ण पुनर्संरचना?
नागरिकता कानुन संशोधनको आवश्यकता
यूएनमा प्रधानमन्त्री बालेनको १४ मिनेटः विश्वको ध्यान तान्यो, नेपालीको मन
‘संविधानको आत्मा, अभ्यास र नागरिक अपनत्व’
प्रधानमन्त्री ‘बालेन हुन् कि रवि’ भन्नेमा कन्फूजन देखियोः सांसद विश्वकर्मा
‘मनको घाउ नदेखिए पनि पीडा गहिरो हुन्छ’
कांग्रेसभित्र सहमतिको अन्तिम अस्त्र ‘डा. शेखर’
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया