बिएल संवाददाता
गृहमन्त्री ओमप्रकाश अर्यालले राजनीतिक आवरणमा रोकिएका अनुसन्धानका सबै फाइल खोल्ने बताएका छन्।
नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)को अनुगमनपछि पत्रकारहरूसँग कुराकानी गर्दै मन्त्री अर्यालले राजनीतिक कनेक्सनमा रोकिएका सबै फाइल खोलिने बताएका हुन्।
शान्ति सुरक्षा र सुशासन कायम गर्दै आगामी चुनाव सम्पन्न गर्न पनि राजनीतिक कनेक्सनका फाइल खोल्नुपर्ने उनले बताए।
‘पोलिटिकल कनेक्सनका आधारमा जे कुरा रोकिएको थियो, जे कुरा बिथोलिएको थियो। त्यस्तो अब हुँदैन,’ मन्त्री अर्यालले भने, ‘यो सरकारको म्यान्डेट नै सुशासन हो। सुशासनविना शान्ति सुरक्षा हुन सक्दैन। शान्ति सुरक्षा भएन भने ६ महिनाभित्र इलेक्सन गर्न पनि सकिँदैन।’
जेन–जी आन्दोलनमा क्षति भएको महाराजगञ्जस्थित सीआईबीको कार्यालयको अवलोकनमा पुगेका गृहमन्त्रीले सीआईबी प्रमुख मनोज केसीलाई भ्रष्टाचारका विषयमा अनुन्धानमा भएका अवरोधहरू अब फुकाउन निर्देशन दिएका हुन्।
‘कतिपय अपराध अनुसन्धानमा, आर्थिक अपराध अनुसन्धान, वित्तीय अपराध अनुसन्धान लगायत भ्रष्टाचारका विषयवस्तुहरुमा जुन खालको अवरोध आइरहेको थियो, त्यो अवरोध अब हामीले फुकाउनुपर्छ भन्ने मेरो अपेक्षा बमोजिमको निर्देशनहरू दिएको छु’ उनले भने।
‘बौद्ध दर्शन प्रवर्द्धन तथा गुम्बा विकास समिति’को अध्यक्षमा निग्मा कुन्क्याप नियुक्त, को हुन् उनी?
अमेरिकी भिसा लिन २१ लाख ६० हजार रुपैयाँसम्म धरौटी !
गगन–विश्वप्रकाश, लोकतन्त्रको हत्याको कारक नबन्नु
अमेरिकाबाट निस्कासित नेपालीको नयाँ कीर्तिमान
पुराना पार्टीलाई कमजोर र नयाँलाई पानीको फोका सम्झनु राम्रो होइन्ः ईश्वर पोखरेल (अन्तर्वार्ता)
ओली ९, रवि २१ : रविले धेरै पछाडि छोडे ओलीलाई
‘टेरामक्स’ प्रकरणका अभियुक्तहरूलाई उम्काउने चलखेल सुरु
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया