बिएल संवाददाता
गृहमन्त्री ओमप्रकाश अर्यालले राजनीतिक आवरणमा रोकिएका अनुसन्धानका सबै फाइल खोल्ने बताएका छन्।
नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)को अनुगमनपछि पत्रकारहरूसँग कुराकानी गर्दै मन्त्री अर्यालले राजनीतिक कनेक्सनमा रोकिएका सबै फाइल खोलिने बताएका हुन्।
शान्ति सुरक्षा र सुशासन कायम गर्दै आगामी चुनाव सम्पन्न गर्न पनि राजनीतिक कनेक्सनका फाइल खोल्नुपर्ने उनले बताए।
‘पोलिटिकल कनेक्सनका आधारमा जे कुरा रोकिएको थियो, जे कुरा बिथोलिएको थियो। त्यस्तो अब हुँदैन,’ मन्त्री अर्यालले भने, ‘यो सरकारको म्यान्डेट नै सुशासन हो। सुशासनविना शान्ति सुरक्षा हुन सक्दैन। शान्ति सुरक्षा भएन भने ६ महिनाभित्र इलेक्सन गर्न पनि सकिँदैन।’
जेन–जी आन्दोलनमा क्षति भएको महाराजगञ्जस्थित सीआईबीको कार्यालयको अवलोकनमा पुगेका गृहमन्त्रीले सीआईबी प्रमुख मनोज केसीलाई भ्रष्टाचारका विषयमा अनुन्धानमा भएका अवरोधहरू अब फुकाउन निर्देशन दिएका हुन्।
‘कतिपय अपराध अनुसन्धानमा, आर्थिक अपराध अनुसन्धान, वित्तीय अपराध अनुसन्धान लगायत भ्रष्टाचारका विषयवस्तुहरुमा जुन खालको अवरोध आइरहेको थियो, त्यो अवरोध अब हामीले फुकाउनुपर्छ भन्ने मेरो अपेक्षा बमोजिमको निर्देशनहरू दिएको छु’ उनले भने।
निकास के त? व्यवस्था परिवर्तन कि पूर्ण पुनर्संरचना?
नागरिकता कानुन संशोधनको आवश्यकता
यूएनमा प्रधानमन्त्री बालेनको १४ मिनेटः विश्वको ध्यान तान्यो, नेपालीको मन
‘संविधानको आत्मा, अभ्यास र नागरिक अपनत्व’
प्रधानमन्त्री ‘बालेन हुन् कि रवि’ भन्नेमा कन्फूजन देखियोः सांसद विश्वकर्मा
‘मनको घाउ नदेखिए पनि पीडा गहिरो हुन्छ’
कांग्रेसभित्र सहमतिको अन्तिम अस्त्र ‘डा. शेखर’
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया