बिएल संवाददाता
निवर्तमान परराष्ट्रमन्त्री एवं कांग्रेस नेतृ आरजु राणाले युलेन्स स्कुलको व्यवस्थापन समितिको अध्यक्षबाट राजीनामा दिएकी छन्।
विद्यालय अभिभावक बैठकमा राणाले काठमाडौं र ललितपुरको दुवै स्कूलबाट राजीनामा दिएकी हुन्।
जेन–जी आन्दोलनमा निशानामा परेपछि युलेन्सले नयाँ ढंगबाट विद्यालय सञ्चालन गर्ने योजना बनाएको छ। युलेन्स स्रोतका अनुसार अब अभिभावकाबाटै ट्रष्टी छान्ने, रुको १५ वर्ष संस्थापक ट्रष्टी, त्यसपछि अभिभावक र त्यसपछि अल्मुनाइलाई ट्रष्टीले स्कूल चलाउने रोडम्याप बनाएर काम भइरहेको बताइन्छ।
जेन–जी आन्दोलनका क्रममा भदौ २४ गतेको प्रदर्शनमा ‘आरजु राणाको लगानीमा सञ्चालनमा रहेको नेपालकै महँगो विद्यालय’ भन्दै युलेन्स स्कुलमा आगजनी गरिएको थियो। यद्यपि आरजु विद्यालय व्यवस्थापन समितिको अध्यक्ष मात्र थिइन्।
स्कुल पूर्ण रुपमा ध्वस्त भएपछि हाल अनलाइन कक्षाहरू सञ्चालन गरिएको छ। कक्षा १० देखि १२ र आईबी कक्षा दशैंपछि भाडाकै भवनबाट भए पनि भौतिक रुपमा (फेस टु फेस) संचालन गर्ने तयारी छ।
४ महिनाभित्र सबै कक्षाहरू भौतिक रुपमै सञ्चालन गरिने विद्यालयले जनाएको छ।
‘बौद्ध दर्शन प्रवर्द्धन तथा गुम्बा विकास समिति’को अध्यक्षमा निग्मा कुन्क्याप नियुक्त, को हुन् उनी?
अमेरिकी भिसा लिन २१ लाख ६० हजार रुपैयाँसम्म धरौटी !
गगन–विश्वप्रकाश, लोकतन्त्रको हत्याको कारक नबन्नु
अमेरिकाबाट निस्कासित नेपालीको नयाँ कीर्तिमान
पुराना पार्टीलाई कमजोर र नयाँलाई पानीको फोका सम्झनु राम्रो होइन्ः ईश्वर पोखरेल (अन्तर्वार्ता)
ओली ९, रवि २१ : रविले धेरै पछाडि छोडे ओलीलाई
‘टेरामक्स’ प्रकरणका अभियुक्तहरूलाई उम्काउने चलखेल सुरु
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया