बिएल संवाददाता
राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का प्रमुख सचेतक ज्ञानेन्द्र शाहीले माइतीघर मण्डलाबाट पक्राउ परेका अभियन्ताहरूलाई तत्काल सरकारले रिहा गर्नुपर्ने बताएका छन्।
उनीहरूको माग ०८४ को चुनाव ०८२ मा गर्नका लागि नभइ देश बनाउनका लागि भएको उनले बताए। साथै ७६ जना युवाहरूको ज्यान गुमाएको र ५०० जनाभन्दा बढी घाइतेहरू कुर्सी परिवर्तनका लागि नलडेको उनको भनाइ छ।
उनले भने, ‘माइतीघर मण्डलाबाट पक्राउ परेका अभियन्ताहरूलाई तत्काल सरकारले रिहा गर्नुपर्छ। उनीहरूको माग भनेको ८४ को चुनाव ८२ मा गर्नका लागि होइन यो देश बनाउनका लागि हो ७६ जना युवाहरू ज्यान र ५०० जना भन्दा बढी घाइते सिर्फ कुर्सी परिवर्तनका लागि मरेका थिएन घाइते भएका थिएनन्।’
यस्तै देशमा प्रत्यक्ष निर्वाचित कार्यकारी प्रधानमन्त्री, प्रदेश संरचना खारेज, संवैधानिक निकायमा राजनीतिक नियुक्ति बन्द, भ्रष्टाचारीहरूलाई हदैसम्म कारबाही गर्न र सर्वस्व हरण गर्न र नेपाली झण्डामुनि बसेर राष्ट्रिय एकता कायम गर्नका लागि उनीहरू सहिद भएका र लडेका शाहीले बताए।
‘हामी सबै आ-आफ्नो क्षेत्रबाट लडेका हौँ। त्यसैले त्यो माग यो सरकारले पूरा गर्नुपर्ने हुन्छ। यदि यो माग सरकारले पूरा गरेन भने देशभरि फेरि आन्दोलन हुन्छ,’ सामाजिक सञ्जालमा लेखेका छन्, ‘न यो सरकारले धान्न सक्छ न यो व्यवस्थाले धान्न सक्छ। अब परिवर्तन भएरै छाडिन्छ सम्झौताका नाममा धोका दिन पाइँदैन।’
निकास के त? व्यवस्था परिवर्तन कि पूर्ण पुनर्संरचना?
नागरिकता कानुन संशोधनको आवश्यकता
यूएनमा प्रधानमन्त्री बालेनको १४ मिनेटः विश्वको ध्यान तान्यो, नेपालीको मन
‘संविधानको आत्मा, अभ्यास र नागरिक अपनत्व’
प्रधानमन्त्री ‘बालेन हुन् कि रवि’ भन्नेमा कन्फूजन देखियोः सांसद विश्वकर्मा
‘मनको घाउ नदेखिए पनि पीडा गहिरो हुन्छ’
कांग्रेसभित्र सहमतिको अन्तिम अस्त्र ‘डा. शेखर’
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया