बिएल संवाददाता
माओवादी (केन्द्र)का संयोजक पुष्पकमल दाहाल प्रचण्डको सुरक्षामा खटिएका सुरक्षाकर्मीहरू फिर्ता भएका छन्।
प्रचण्डको सुरक्षार्थ खटिएको सुरक्षा टोली शुक्रबार बिहान १० बजेबाट फिर्ता गएको वाईसीएलका इन्चार्ज रामप्रसाद सापकोटा ‘दीपशिखा’ले बताए।
गृह मन्त्रालयले बिहीबार स्वीकृत मापदण्डविपरित बढी सुरक्षाकर्मी राखेका पूर्वपदाधिकारीहरूको सुरक्षार्थ खटिएको टोली फिर्ता बोलाउने निर्णय गरेपछि प्रचण्डका ३४ सुरक्षाकर्मी फिर्ता भएका हुन्।
सरकारी सुरक्षाकर्मी फिर्ता भएपछि प्रचण्डको सुरक्षामा वाईसीए र पूर्वजनमुक्ति सेना खटिएका छन्।
सापकोटाले भने, ‘संयोजक क. प्रचण्डको सुरक्षार्थ खटिएको सुरक्षा टोली आज बिहान १० बजेबाट फिर्ता गएको छ। थोरै संख्याका सुरक्षाकर्मी हुनुहुन्छ र बाँकी सुरक्षा वाईसीएल र पूर्वजनमुक्ति सेनाले गरिरहेको छ।’
जेनजी विद्रोहपछि प्रचण्डको सुरक्षाको भित्री घेरामा माओवादीका पूर्व पीएलए र बाहिरी घेराको सुरक्षा व्यवस्था वाईसीएलले गरिरहेको छ।
सापकोटाले भने बाहिर मिडियामा आएको जस्तो प्रचण्डसँग मापदण्ड विपरित सुरक्षाकर्मी नभएको दाबी गरेका छन्। उनका अनुसार प्रचण्डसँग बृहत शान्ति सम्झौताअनुरूप राज्यले दिने विशेष सुरक्षा व्यवस्था मात्रै थियो।
उनी भन्छन्, ‘सरकारको तजबिजीमा हुने यस्तो व्यवस्था मापदण्ड विपरीत होइन। यो सरकारले त्यो सुरक्षा नदिने भनेपछि फिर्ता गरीएको हो।’
सापकोटा भन्छन्, ‘क. प्रचण्ड लगायत माओवादी नेताहरूको सुरक्षा वाईसीएल नेपाल र पूर्व पीएलएले गर्छ र गरिरहेको छ। बुझ्नुपर्छ- ढिलोचाँडो बदलाभावको सत्ता डण्ठा केपी ओलीको जस्तो हुन्छ।’
निकास के त? व्यवस्था परिवर्तन कि पूर्ण पुनर्संरचना?
नागरिकता कानुन संशोधनको आवश्यकता
यूएनमा प्रधानमन्त्री बालेनको १४ मिनेटः विश्वको ध्यान तान्यो, नेपालीको मन
‘संविधानको आत्मा, अभ्यास र नागरिक अपनत्व’
प्रधानमन्त्री ‘बालेन हुन् कि रवि’ भन्नेमा कन्फूजन देखियोः सांसद विश्वकर्मा
‘मनको घाउ नदेखिए पनि पीडा गहिरो हुन्छ’
कांग्रेसभित्र सहमतिको अन्तिम अस्त्र ‘डा. शेखर’
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया