बिएल संवाददाता
नेकपा (माओवादी केन्द्र)का संयोजक पुष्पकमल दाहाल (प्रचण्ड)ले जेन–जी विद्रोहपछि पनि पूर्ववर्ती सरकारको नेतृत्वको अहंकार नसकिएको टिप्पणी गरेका छन्।
प्रचण्डले ओलीको अहङ्कारकै कारण देशले ठूलो राजनीतिक सङ्कट व्यहोर्नुपरेको बताए।
शुक्रबार ललितपुरमा सम्पादकहरूसँग कुराकानी गर्दै प्रचण्डले हिजो सरकारको नेतृत्व गर्ने पार्टीमा अझै पनि त्यो अहङ्कार नगएको बताए।
प्रचण्डले भने, ’हिजो सरकारको नेतृत्व गर्ने पार्टीका साथीहरूमा रहेको अहङ्कार अझै गएको छैन। यो देख्दा मलाई दुःख लागेको छ।’
उनले जनताको भावना र देशको आवश्यकतालाई भन्दा आफ्नो मनोगत अहङ्कारलाई प्राथमिकता दिने प्रवृत्तिले नै सङ्कट निम्त्याएको बताए ।
ओलीले बिहीबार गुण्डुमा आयोजित पार्टीको कार्यक्रममा संसद पुनर्स्थापनाको पक्षमा एमाले लड्ने भन्दै परिवर्तनलाई अस्वीकार गर्ने प्रतिक्रिया दिएका थिए।
निकास के त? व्यवस्था परिवर्तन कि पूर्ण पुनर्संरचना?
नागरिकता कानुन संशोधनको आवश्यकता
यूएनमा प्रधानमन्त्री बालेनको १४ मिनेटः विश्वको ध्यान तान्यो, नेपालीको मन
‘संविधानको आत्मा, अभ्यास र नागरिक अपनत्व’
प्रधानमन्त्री ‘बालेन हुन् कि रवि’ भन्नेमा कन्फूजन देखियोः सांसद विश्वकर्मा
‘मनको घाउ नदेखिए पनि पीडा गहिरो हुन्छ’
कांग्रेसभित्र सहमतिको अन्तिम अस्त्र ‘डा. शेखर’
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया