बिएल संवाददाता
राष्ट्रपति रामचन्द्र पौडेल जेन–जी अगुवाहरूसँग वार्ता गर्दागर्दै अस्वस्थ भएका छन्।
२२ जना जेन–जी अगुवाहरूसँग प्रधानमन्त्री सुशीला कार्कीसहित शनिबार शीतल निवासमा वार्तामा बसेका पौडेल अस्वस्थ भएपछि अस्पताल भर्ना गरिएको छ।
टाउको दुख्ने र वान्ता हुने समस्या देखिएपछि उनलाई महाराजगन्जस्थित मनमोहन कार्डियोथरासिक भास्कुलर एन्ड ट्रान्सप्लान्ट सेन्टर पुर्याइएको थियो।
पौडेलको अवस्था स्थिर रहेको र थप परीक्षणका लागि अस्पतालमै भर्ना गरिएको अस्पताल स्रोतले बतायो। चिकित्सकहरूले राष्ट्रपतिलाई केही दिन आराम गर्न सुझाव दिएका छन्।
जेन–जी वार्ता टोलीमा अनाधिकृत व्यक्तिहरूलाई समावेश गरिएको भन्दै शीतल निवास अगाडि जेन–जी नेताहरूले विरोधसमेत गरेका थिए।
विवाद र राष्ट्रपतिको स्वास्थ्यमा समस्या देखिएपछि वार्ता सोमबारका लागि सारिएको राष्ट्रपतिको कार्यालयले जनाएको छ।
निकास के त? व्यवस्था परिवर्तन कि पूर्ण पुनर्संरचना?
नागरिकता कानुन संशोधनको आवश्यकता
यूएनमा प्रधानमन्त्री बालेनको १४ मिनेटः विश्वको ध्यान तान्यो, नेपालीको मन
‘संविधानको आत्मा, अभ्यास र नागरिक अपनत्व’
प्रधानमन्त्री ‘बालेन हुन् कि रवि’ भन्नेमा कन्फूजन देखियोः सांसद विश्वकर्मा
‘मनको घाउ नदेखिए पनि पीडा गहिरो हुन्छ’
कांग्रेसभित्र सहमतिको अन्तिम अस्त्र ‘डा. शेखर’
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया