
बिएल संवाददाता
शुक्रबारदेखि जारी नेकपा एमालेको ५८ औं सचिवालय बैठक स्थगित भएको छ। अध्यक्ष केपी ओलीको स्वास्थ्यमा समस्या देखिएपछि शनिबार बस्ने भनिएको बैठक स्थगित गरिएको हो।
एमाले प्रचार विभाग प्रमुख राजेन्द्र गौतमका अनुसार अध्यक्ष ओलीले आज आराम गर्नेछन्। भोलि आइतबार बैठकले निरन्तरता पाउनेछ।
शुक्रबारको ओलीको डेरा गुण्डुमा बसेको बैठकमा बहुमत सदस्यहरू पार्टी पुनर्गठनको पक्षमा उभिएपछि ओली तनावमा थिए। नेताहरूले अध्यक्षको राजीनामासमेत माग गरेका थिए। शनिबार उनको स्वास्थ्यमा समस्या देखियो।
शुक्रबारको बैठकमा उपाध्यक्ष अष्टलक्ष्मी शाक्य, युवराज ज्ञवाली, सुरेन्द्र पाण्डे, वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल, उपाध्यक्षहरू रामबहादुर थापा र विष्णु पौडेललगायत बहुमत पदाधिकारीहरूले पार्टी पुनर्गठनको विषयलाई जोडतोडका साथ उठाएका थिए।
ओलीले विधान महाधिवेशनबाट पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीलाई पार्टी प्रवेशमा रोक लगाएपछि चिढिएका अधिकांश नेताहरू पहिलोपटक भण्डारीको पक्षमा खुलेका छन्। उनीहरूले भण्डारीलाई स–सम्मान पार्टीमा फर्काउनु पर्ने माग गरेका छन्।
यतिसम्म कि बहुमतले सचिवालयबाटै हटाउने तयारी गरेको सुइँको पाएपछि ओलीले यतिबेला महाधिवेशनपछिको पद बाँडेर सचिवालयमा बहुमत जुटाउने अभियान थालिसकेको स्रोतको दाबी छ।
बिरामी भएको भन्दै सचिवालय स्थगित गरेका ओलीले नेताहरूसँगको भेटवार्ता र फोनसंवाद भने झनै बढाएका छन्। नेताहरूलाई आफ्नो पक्षमा फर्काएर सचिवालयमा बहुमत पुर्याउने ओलीको कसरत छ।
महाधिवेशनपछिको अध्यक्ष पनि आफैं हुने दाबीसहित ओलीले सबै कमिटीमा रोजेको पद दिने भन्दै नेताहरूलाई फकाइरहेका छन्।
ओलीको प्लानले काम गर्ला कि नगर्ला? सदस्यहरू यू–टर्न होलान्? त्यसका लागि भने आइतबारको सचिवालय बैठक नै कुर्नुपर्ने हुन्छ।
सचिवालयमा ओलीले बहुमत गुमाएपछि उनी पक्षका नेताहरूसमेत तनावमा देखिएका छन्। महासचिव शंकर पोखरेल, स्थायी कमिटी सदस्य राजन भट्टराई, केन्द्रीय सदस्य राजिव पहारी लगायत नेताहरूले चुनौतीका बेला विभाजित हुनुभन्दा महाधिवेशनबाटै नेतृत्वको टुंगो लगाउनु पर्ने भन्न थालेका छन्।
पोखरेलले भनेका छन्, ‘चुनौतीको समयमा निराशाका कुरा गर्नेहरूले प्रतिकूलतालाई अनुकुलतामा बदल्ने सामर्थ्य राख्दैनन्।’
ओली र पोखरेलको चेतावनी, बस्नेतको हुंकार र जेन–जी आन्दोलनपछि नेपालको राजनीति
‘जेन–जी’ आन्दोलनः स्वतन्त्रता कि विदेशी शक्तिको खेल?
दशैँको टीका र जमराको शास्त्रीय साइनो
विश्व शान्ति दिवसमा अशान्त मन!
जलेको सिंहदरबार
जेन–जी विद्रोह: धरोहरको पीडा र नयाँ नेपालको संकल्प
जेन–जेड आन्दोलनः सत्ताबाट ‘बेदखल’ राजनीतिक दलहरू, विना मुद्धा सोझै ‘एक्पोज्ड’ भ्रष्ट नेताहरू
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया