बिएल संवाददाता
एमाले नेता महेश बस्नेतले नेकपा एमाले बिग्रेको पार्टी नभइ देशको विकास गर्ने पार्टी भएको दाबी गरेका छन्।
सामाजिक सञ्जालमार्फत उनले एमालेले गरेका कामको फेहरिस्त सार्वजनिक गर्दै एमाले विरुद्ध गरिएको सबै प्रचार–प्रसार र प्रोपोगाण्डा र आरोप छानबीन गरेर दोषी देखिए कारबाही ब्यहोर्न तयार रहेको भनेका छन्।
उनले नगरेको गल्तीमा माफि माग्न बाध्य पार्न र एमालेलाई सुधार्न नखोज्न चेतावनी दिँदै देशको लागि मर्न तयार हुने पनि भनेका छन्।
यस्तो छ उनको स्टाटस–
नेकपा एमाले बिग्रिएको हो कि देशको विकास गर्ने पार्टी हो!
१• देशमा विकासको लहर ल्याएर एमाले बिग्रेका हो?
२• जातीय राज्यबाट जोगाएर सबैलाई मान्य प्रदेशको नाम राखेर जातिय युद्ध रोकेर एमाले बिग्रेका हो?
३• पहिलो महिला राष्ट्रपति, प्रधानन्यायाधीश, मुख्यसचिव, उपसभामुख बनाएर एमाले बिग्रेका हो?
४• देश टाट पल्टिने परिस्थितिबाट जोगाएर पर्याप्त संचित रकम जम्मा गरेर एमाले बिग्रेका हो?
५• सामाजिक सुरक्षा भत्ता, वृद्ध–वृद्धालाई भत्ता बढाएर एमाले बिग्रेका हो?
६• गुमेको भू–भाग समेटेर चुच्चे नक्शा जारी गरेर एमाले बिग्रेको हो?
७• भारतसँग सिधा आँखा जुधाएर लिम्पियाधुरा, कालापानी र लिपुलेक नेपालमा राख्न दबाब दिएर एमाले बिग्रेको हो?
८• दलालहरूसँग नझुकेर पार्टी एमाले बिग्रेको हो?
९• एक मधेश एक प्रदेशको कुरा गर्नेहरूलाई सम्झाएर मधेस पहाडबीचको सामाजिक सद्भाव कायम गरेको कारण नेकपा (एमाले) बिग्रेको हो?
१०• विप्लव र सीके राउ जस्ता विद्रोहीहरुलाई वार्तामा ल्याएर मुलुकको अस्मिता बचाउनु बचाएर एमाले बिग्रेको हो?
११• नाकाबन्दी रोक्ने संविधान आफ्नै जनताद्वारा लेखाउन लगाउने कलकत्ता बन्दरगाहसँगको व्यापारिक सम्बन्धलाई प्रशान्त महासागरसँग पुर्याउने एमालेले गल्ती गरेको हो ?
१२• देशहरू ठूला शक्तिशाली र जनसङ्ख्या धेरै भएका होलान् नेपाली जनताको सार्वभौम सत्ता कसैको भन्दा कम छैन भनेर अन्तर्राष्ट्रिय मञ्चमा नेपालको शान बढाएर नेकपा एमालेले गल्ती गरेको हो?
१३• आफ्नो गाउँ आफैं बनाउँदेखि राष्ट्रिय गौरवका ठूला ठूला आयोजनाहरु सम्पन्न गरेर समृद्ध नेपाल र सुखी नेपालीको अभियान चलाएर नेकपा एमाले बिग्रेको हो ?
१४• एमाले बिरुद्ध गरिएको सबै प्रचार–प्रसार र प्रोपोगाण्डा र आरोप छानबीन गरेर दोष देखिए कारबाही ब्यहोर्न तयार छौँ।
१५• तसर्थ, नगरेको गल्तीमा माफि माग्न बाध्य पार्न र एमालेलाई सुधार्न नखोज्नुहोस् ।
१६• देशलाई विदेशीको रणभूमि बनाएर त्यसका गोठाला र खेतालाहरूलाई हालीमुवाली दिएर कठपुतली झैँ नाच्न नदिउँ।
देशको लागि मर्न तयार हुनेछौं।
आमाको मुख हेर्ने दिनः स्वर्गवासी आमाको सम्झना
अदालतको निर्णयपछि एक हुन्छ कांग्रेस?
‘समस्या नेता मात्र होइन, नागरिक संस्कार पनि हो’
बालेन सरकारबाट जनतामा संशय पैदा हुने काम नहोस्
को हुन् नवनियुक्त महान्यायाधिवक्ता डा. कँडेल?
पूर्वमन्त्रीहरू र कर्मचारीको घरमा सुसारेका रुपमा कार्यरत बर्दिधारीलाई फिर्ता बोलाउन माग
श्यामूलले छिचोलेको ‘नशा’को त्यो पहाड (भिडियाेसहित)
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया