बिएल संवाददाता
जेन–जी प्रतिनिधिहरूसँग राष्ट्रपति रामचन्द्र पौडेलको छलफल अनिश्चित भएको छ।
सोमबार राष्ट्रपति पौडेल र जेनजीहरूबीच हुने भनिएको वार्ता अनिश्चित भएको हो।
शनिबार वार्ता कार्यक्रम राष्ट्रपति पौडेलको स्वास्थ्यमा समस्या आएपछि वार्ता आज(सोमबार)का लागि सारिएको थियो। तर, जेनजी युवाहरूबीच नेतृत्वको विषयमा विवाद हुँदा वार्ता एवम छलफल अनिश्चित बनेको छ।
शनिबार सरकारले छानेका जेन–जी प्रतिनिधिहरूप्रति केही युवाहरू असन्तुष्ट भई नाराबाजी गरेका थिए तर सरकारमा कसलाई पठाउने भन्नेबारे उनीहरूबीच विवाद टुङ्गिन सकेको छैन।
प्रधानमन्त्री सुशीला कार्कीको सचिवालयका अनुसार जेनजीहरूबीचको विवाद नमिल्दा छलफल आजका लागि स्थगित गरिएको छ। राष्ट्रपति र प्रधानमन्त्री कार्यालयले जेन–जी अगुवाहरूलाई मिलेर समान मुद्धाका साथ वार्तामा आउन भनेको छ।
नागरिकता कानुन संशोधनको आवश्यकता
यूएनमा प्रधानमन्त्री बालेनको १४ मिनेटः विश्वको ध्यान तान्यो, नेपालीको मन
‘संविधानको आत्मा, अभ्यास र नागरिक अपनत्व’
प्रधानमन्त्री ‘बालेन हुन् कि रवि’ भन्नेमा कन्फूजन देखियोः सांसद विश्वकर्मा
‘मनको घाउ नदेखिए पनि पीडा गहिरो हुन्छ’
कांग्रेसभित्र सहमतिको अन्तिम अस्त्र ‘डा. शेखर’
सरकार जेनजीको म्यान्डेटविपरीत चल्यो, आन्दोलन नै हाइज्याक भयोः वरिष्ठ अधिवक्ता त्रिपाठी
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया