मङ्गलबार, १४ अक्टोबर २०२५

सुशीला सरकार र संसद विघटनविरुद्ध सर्वोच्चमा ६ वटा रिट

News Image
सर्वोच्चको भवन जलेपछि त्रिपालमुनी इजलास बस्दै।
• • •

जेन–जी आन्दोलनको बलमा बनेको अन्तरिम सरकार र प्रतिनिधि सभा विघटनविरुद्ध सर्वोच्चमा धमाधम रिट निवेदनहरू पेश हुने क्रम बढेको छ।

जेन–जी आन्दोलनका क्रममा आगजनी भएपछि सर्वोच्चको काम ठप्प थियो। तर, गत आइतबारको पूर्ण बैठकले रिट निवेदनहरू दर्ता खुला गर्ने निर्णय गरेसँगै सरकार गठन र संसद विघटनविरुद्ध धमाधम रिट दर्ता हुन थालेको हो।

सर्वोच्च अदालतका प्रवक्ता अर्जुन प्रसाद कोइरालाका अनुसार, अहिलेसम्म ६ वटा रिट निवेदन पेश भइसकेका छन्, रिट निवेदन पेश हुने क्रम रोकिएको छैन।

निवेदन धमाधम आइरहेकाले केही समयपछि मात्रै मागहरू एकीकृत गरेर प्रक्रिया अघि बढाइने छ। 

जेन–जी विद्रोहमा केपी ओलीको सरकार ढलेपछि पूर्व प्रधानन्यायाधीश सुशीला कार्कीको नेतृत्वमा अन्तरिम चुनावी सरकार गठन गरिएको छ। अन्तरिम सरकार गठनका क्रममा जेन–जीले प्रतिनिधि सभा विघटन अनिवार्य शर्त राखेपछि राष्ट्रपतिले संसद विघटन गरेका थिए।

• • •

प्रतिक्रिया

प्रतिक्रिया ()

टिप्पणीहरू छैनन्। तपाईं पहिलो बन्नुहोस्!