
बिएल संवाददाता
एमाले अध्यक्ष केपी ओलीले फेसबुमार्फत कसैले आफूलाई अध्यक्षबाट हट्न भन्दैमा नहट्ने स्पष्ट पारेका छन्।
बुधबारबाट ललितपुरको रामबाग महलमा सुरु भएको केन्द्रीय कमिटी बैठकलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले आफ्नो राजीनमा माग्ने नेताहरूतर्फ लक्षित गर्दै ‘केही सुरवीरहरूले नेतृत्व छाड्न फेसबुकमार्फत भने पनि आफू सुन्ने पक्षमा नरहेको’ स्पष्ट पारेका हुन्।
‘केही पार्टीभित्र पनि सुरवीरहरूलाई लहड चलेको देख्छु। कसैले मेरो राम्रो बौद्धिक विश्लेषण गर्नेहरूले छोड्दिन्छ। देश अलपत्र पार्छ भन्ने पनि सुनेको छु,’ ओलीले भने।
उनले आफू सप्रिन देशभक्तिपूर्ण विचार छाड्नुपर्ने हो? भन्दै प्रश्न समेत गरे।
‘हामी छाड्दैनौं। मैले हट्नुपर्छ कि पर्दैन भन्ने फेसबुकले भन्ने होइन। यो कमिटीले भन्नुपर्छ। यसले भनेका बेला अँध्यारो मुख लाउने वाला छैन। यस कमिटीको आदेशमा जुनसुकै मान्न तयार छु।’
ओलीले देशभरिका युवाले ‘केपी बा’ भनेको विरोधीहरूको मनमा पीडा भएर सही नसक्नु भएपछि चरित्र हत्या गरेको जिकिर गरे।
ओली र पोखरेलको चेतावनी, बस्नेतको हुंकार र जेन–जी आन्दोलनपछि नेपालको राजनीति
‘जेन–जी’ आन्दोलनः स्वतन्त्रता कि विदेशी शक्तिको खेल?
दशैँको टीका र जमराको शास्त्रीय साइनो
विश्व शान्ति दिवसमा अशान्त मन!
जलेको सिंहदरबार
जेन–जी विद्रोह: धरोहरको पीडा र नयाँ नेपालको संकल्प
जेन–जेड आन्दोलनः सत्ताबाट ‘बेदखल’ राजनीतिक दलहरू, विना मुद्धा सोझै ‘एक्पोज्ड’ भ्रष्ट नेताहरू
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया