बिएल संवाददाता
एमाले अध्यक्ष केपी ओलीले देश हाल गम्भीर राजनीतिक संकटतर्फ धकेलिएको भन्दै प्रतिक्रान्तिका लक्षणहरू देखा परेको चेतावनी दिएका छन्।
एमाले केन्द्रीय कमिटीको १०औं बैठकलाई सम्बोधन गर्दै ओलीले वर्तमान अवस्था लोकतान्त्रिक मूल्य–मान्यतामाथि प्रहार भएको बताएका हुन्।
उनले देश अप्रत्याशित रूपमा प्रतिक्रान्तितर्फ अग्रसर भइरहेको छ र यदि यो अवस्थामा प्रभावकारी हस्तक्षेप गर्न नसकेमा मुलुक बर्बादीको दिशामा जाने खतरा बढ्दो भएको बताए।
उनले भने, ‘आज देश अप्रत्याशित रूपमा एउटा प्रतिक्रान्तिको घटना घटेको छ। यदि हामीले प्रभावकारी ढंगले काम गर्न सकेनौं भने देश प्रतिक्रान्तितर्फ धकेलिएको छ, देश बर्बादीतर्फ धकेलिएको छ।’
अध्यक्ष ओलीले यो अवस्थालाई लोकतान्त्रिक, जनपक्षीय, शान्तिपूर्ण, सुशासनयुक्त, भ्रष्टाचारमुक्त र विकासमुखी बाटोमा फर्काउनु अत्यावश्यक रहेको बताए।
उनले भने, ‘देशलाई हामीले अगाडि लानै पर्छ। हामी प्रहारको अन्यभन्दा बढी निशाना भएका छौं। किन? हामीले नराम्रो काम गरेकै कारण होइन, हामीले नराम्रो नीति ल्याएकै कारण पनि होइन। हाम्रा नीतिहरू राम्रा भएका कारण हामी निशाना भएका हौं। लोकतन्त्र मन नपर्ने र तानाशाही सोच राख्ने तत्वहरूले हामीलाई प्रहार गरेका छन्।’
अध्यक्ष ओलीले एमालेसँग देशको समृद्धि र विकासका लागि स्पष्ट दृष्टिकोण र कार्यदिशा रहेको दाबीसमेत गरेका छन्। उनले पार्टीको जिम्मेवारी अहिलेको परिस्थितिमा अझ महत्वपूर्ण भएको भन्दै सबै तहका नेताहरूलाई जिम्मेवार ढंगले अघि बढ्न आह्वान गरे।
बालेन सरकारको १०० दिनः सुशासन र शासकीय सुधारका दृष्टिकोणले पूर्ण असफल
मनको ऐना
भूपदेवको भूमिकाबाट सन्तुष्ट छैनन् बालेन, महामन्त्रीमा विकल्प खोज्दै!
अझै पनि सपना जस्तै लाग्छः बाबाको सम्झना
एनटीभीको स्याटेलाइट लिंक खरिद प्रकरणः पीएसबीका पूर्वअध्यक्ष विष्टलाई मुख्य दोषी ठहर गर्दै प्रतिवेदन तयार!
पासपोर्ट खरिदमा अनियमितता प्रकरणः ठेक्का टुक्राउन तत्कालीन प्रधानमन्त्री ओलीकै निर्देशन!
अकबरे खुर्सानीले फेरिएको भोजपुर: रित्तिएका गाउँमा फर्किएको जीवन
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया